हिले बजारमा १० घर बगायो, दोर्दी किनारका १०९ घर विस्थापित, उनीहरू विद्यालयमा आश्रित - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, June 15, 2021

हिले बजारमा १० घर बगायो, दोर्दी किनारका १०९ घर विस्थापित, उनीहरू विद्यालयमा आश्रित

विष्णुकुमार श्रेष्ठ/अन्तरङ्ग 

लमजुङ– अविरल वर्षाको कारणले दोर्दी खोलामा आएको बाढीले उक्त खोला किनारमा रहेको हिले बजारमा १० घर बगायो, दोर्दी किनारका १०९ घर विस्थापित भएका छन् । विस्थापितहरू स्थानीय माविमा आश्रित भएका छन् ।

        जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको दोर्दी गाउँपालिका– ८ को हिले बजारमा रहेका करिब १४० घरमध्ये १० घर खोलाले बगाएको छ । सो बजार क्षेत्रमा रहेको करिब १५ घर बाहेकका सबै घरका परिवारहरू विस्थापित भएका छन् । घर बगाउनेहरूमा हिले बजारका कन्ने तामाङ, कर्ण तामाङ, आइते परिवार, ७७ वर्षका चतुरे विकका श्रीमान् श्रीमती, अमृता विक, पूर्णबहादुर तामाङ, राजन कामी, गंगा गुरुङ, आइतराम तामाङ, राम विक र केशरबहादुर विक रहेको हिजो बजार टोल विकास समितिका अध्यक्ष लालबहादुर गुरुङले बताउनुु भयो । उहाँका अनुसार विद्युतको हाइटेन्सन लाईन पाँच वटा ढलेका छन्, बजारमा विस्तार गरिएको विद्युतका पोल १० वटा पोल ढलेका छन्, खेलकुद मैदान र गत वर्षमात्र बनाएको सामुदायिक भवन पनि बगाएको छ । खोलाले कटानको गर्ने कार्यजारी रहेको छ । उहाँले भन्नुभयो, ‘विस्थापित परिवारहरू ६,७ परिवार आफन्तकोमा गएका छन् भन् अन्य सबै परिवारलाई स्थानीय फलेनी माविमा राखिएको छ ।’ 

        दोर्दी खोलाले हिले बजारमा क्षति पुर्याएको साँचो, अहिले राती भएको हुँदा सबै भन्न सक्ने अवस्था छैन, म पनि विरामी भएकोले साँझमा जान सकिने सोही वडाका अध्यक्ष तुलबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार भोलि विहान क्षतिको विवरण एकिन हुन्छ । उहाँले भन्नुभयो, ‘हाइटेन्सन लाइनको पोल ढलेर झोलुंगे पुलामा पर्दा पुलमा समेत आवत जावत बन्द भएको छ ।’ दिनको घट्ना भएको हुँदा मानवीय क्षति हुनबाट बचेको उहाँले उल्लेख गर्नु भयो । 

No comments:

Post a Comment