अविरल बर्षाले मनाङमा आएको बाढीले जनजीवन अस्तव्यस्त, ताल बाजर पुरै विस्थापित, उद्दारका लागि हेलिकप्टर आउन सकेन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, June 15, 2021

अविरल बर्षाले मनाङमा आएको बाढीले जनजीवन अस्तव्यस्त, ताल बाजर पुरै विस्थापित, उद्दारका लागि हेलिकप्टर आउन सकेन

अन्तरङ्ग सम्वाददाता

धारापानी(मनाङ)– अविरल रुपमा हिजोदेखि परेको पानीको आज असार १ गते भारी चापका कारण मनाङ जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगायो, आधा दर्जन घरमा बढीमा बाढी पसेको छ, जिल्लाको प्रवेश नाकामा रहेको ताल बाजर पुरै विस्थापित भएको छ । उद्दारका लागि गृहले पठाउन लागेको हेलिकप्टर मौसमको खरावीले गर्दा आउन सकेन । 

        अबिरल बर्षका कारण सदरमुकाम चामेको जनजीवन अस्तव्यस्त भएको र जिल्लाको प्रवेश नाकामा रहेको ताल गाउँ पुरै विस्थापित भएको छ । चामेमा वग्ने दुई ठाडा खोला घट्ट् खोला र स्यार्कु खोलामा आएको बाढीले मस्र्याङ्दी नदीलाई समेत केही बेर थुन्ने काम गरेको मनाङमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताउनु भयो । उहाँका अनुसार हिजोदेखि परेको अबिरल बर्षाका कारण चामेमा जिल्ला हुलाक कार्यालय, तीन निजी घर बगाई सकेको छ । उहाँले भन्नुभयो, ‘चामेबजारको मुख्य पुल समेत बगाएको छ । विद्युतका पोल ढलेका छन्, टोलिफोनका पनि पोल ढलाएको छ । खानेपानीका पाइप बगाएको छ । मर्स्याङ्दी नदीमा बाढीले पानीको बहाव बढेसँगै मनाङको नासों गाउँपालिका– १, तालगाउँका अधिकांश घर डुवानमा परीसकेका छन् भने अन्य घरहरू जोखिममा रहेका छन् ।’ 

        ताल गाउँमा ६० घरधुरी रहेको ताल गाउँमा अधिकांश घर डुवानमा परेको र गाउँ नै जोखिममा परेपछि स्थानीयहरू घर छोडेर अन्यत्र सारिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘त्यो जानकारी गृहलाई गराएर केही पाल र ड्राईफुडको प्रवन्ध गर्न भनेकोमा मौसमको खराबीका कारणले हेलिकप्टर आउने सकेको छैन ।’ उहाँका अनुसार अहिले उद्दारको काम मात्र चलेको छ नोक्सानको विवरण खासै संकलन भएको छैन । त्यहाँ उद्धारका निम्ति ताल र धारापानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीहरूलाई खटाइएको प्रजिअ लामीछानेले जानकारी दिनुभयो ।

        निरन्तर भारी वर्षासँगै आएको बाढीले चामेको मर्स्याङ्दी नदी किनारमा रहेको तातोपानी कुण्ड बगाएको मनाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताउनु भयो । उहाँका अनुसार सदरमुकाम आउने तिमाङ खोलाको मोटरेवल पुल समेत बगाएको छ । उहाँले भन्नुभयो, निरन्तरको बर्षा र बाढी सँगै ताल गाउँमा विद्युत तथा टेलिफोन पोल ढाल्नाले त्यो सेवा पनि अवरुद्ध भएको छ । उनले भने, ‘केही दिन अघिमात्रै तिमाङ खोला र स्यार्कु खोलामा निर्माण गरिएको काठको अस्थायी मोटरेवल पनि बगाएको छ ।’ बर्षाका कारण सदरमुकाम चामेमा रहेको लघु जलविद्युतको टनेप पाईप पनि बाढीले बगाएको छ । र्स्याक खोलामा रहेको १५ किलोवाट लघु जलविद्युतको टनेल पाईप बगाएसँगै चामेमा पनि विद्युत अवरुद्ध भएको प्रनाउ खडेकाले जानकारी दिनुभयो । 

       यसैबीच, मनाङ प्रशासनले सार्वजनिक सूचना जारी गर्दै बाढी र पहिरोको जोखिम बढेको भन्दै सचेत रहन आम सर्वसाधरणलाई आग्रह गरेको छ । मनाङसँगै मर्स्याङ्दी नदिको तटिय क्षेत्र पर्ने छिमेकी जिल्ला लमजुङ, तनहुँ लगायतका प्रजिअ मार्फत सतर्कता अपनाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो ।

        यसअघि पनि गत जेठ १४ गते घट्टेखोलामा आएको बाढी वस्तीभित्र पसेको थियो । बाढीले केही टहरा, बिजुलीका पोल, सडक क्षतिग्रस्त बनाएको थियो । यस्तै मंगलबारको बाढीले तिमाङको बेलिब्रिजमा पनि क्षति पुर्याएको प्रजिअ लामिछानेले उल्लेख गनुभयो ।

        यसअघि जेठ १४ गते पनि चामेको घट्टेखोलामा आएको बाढी नया बजार वस्तीभित्र पसेको थियो । बाढीले केही टहरा, बिजुलीका पोल, सडक क्षतिग्रस्त बनाएको थियो । भौगालिक विकटतासँगै निरन्तरको बर्षा सँगै आएको बाढी पहिरोले मनाङको जनजीवन पुरै प्रभावित भएको मनाङ प्रशासनले जनाएको छ ।

No comments:

Post a Comment