फेरि सर्ने भो कांग्रेसको १४औं महाधिवेशन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, June 12, 2021

फेरि सर्ने भो कांग्रेसको १४औं महाधिवेशन

अनतरङ्ग सम्वाददाता

काठमडौँ– नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका फेरि पछि धकेलिएको छ । आगामी भदौ ७ देखि १० गतेका लागि तय भएको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने तयारी भएको हो । जस अनुसार पूर्वनिर्धारित समयमा नौ दिन पर धकेलिएको हो । 

        प्रभावशाली नेताको बैठकले महाधिवेशनको सबै कार्यातालिका समान्यम हेरफेर गर्ने जेठ २९ गते निर्णय गरेको हो । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा उक्त बैठक बसेको हो । असार ३ गते केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदित तालिका लागि औपचारिकता दिन निर्णय गर्ने भएको छ । कांग्रेसले महाधिवेशनका लागि वडा तहदेखिकै कार्यतालिका परिवर्तन गर्ने सहमति नेताहरूका बीचमा भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भयो । उहाँका अनुसार उक्त सहमति अनुसार साउन १ गतेदेखि वडा अधिवेशन गर्ने भएको छ । यसअघि असार ५ गतेका लागि तय गरिएको  थियो । 

         त्यस्तै, पालिका, प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनको मिति पनि सारिएको शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, यसअघि असार ५ गते हुने भनिएको गाउँ नगर वडा अधिवेशन अब साउन ६ गते हुने प्रस्ताव गरिएको छ ।’

        गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला अर्थात लमजुङको अधिवेशन साउन २० गते हुने प्रस्ताव गरिएको छ ।

        त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भदौँ १ र २ गते हुने बताइएको छ । 

        पदाधिकारीले शंसोधन प्रस्ताव गरेको समय तालिकामा क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने प्रस्ताव गरिएको बताइएको छ । पदाधिकारी बैठकको निर्णयलाई काँग्रेसको केन्द्रीय समितिले अनुमोदन गर्ने प्रचलन छ ।

        आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री संशाक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय डा .प्रकाशशरण महत र सुनिलबहादुर थापा, कोषाध्यक्ष सीतादेवी यादव, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, रामशरण महत, मुख्यसचिव कृष्णप्रसाद पौडेल, प्रकाशमान सिंह, रमेश लेखक, अजुन नरसिंह केसी, विश्वप्रकाश शर्मा आदिको सहभागिता थियो । 

        बैठकले कोरोनाविरुद्धको भ्याक्सिन कूटनीतिक पहलबाट जतिसक्दो चाँडो उपलब्ध गराउने सरकारको ध्यानाकर्षणसमेत गराएको काँग्रेसका प्रवक्ता शर्माले बताउनु भएको छ ।

No comments:

Post a Comment