अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङमा कोरोना संक्रमणका नयाँ संक्रमित आज थपिए २१ जना थपिएका छन् । जिल्ला प्रशासन कार्यायलको फेसबुक पेजमा सो विवरण जेड २९ गते उल्लेख गरिएको हो । आज तीन पालिकामा मात्र संक्रमित थपिएका छन् ।
आजका दिनमा पनि मृत्यु शून्य रहेको छ । २९ गते शनिबार विदाको दिन भएको हुँदा विज्ञप्ति प्रकाशन गरिएको हो । यसअघि पनि शनिबारका दिनमा विज्ञप्ति प्रकाशन गरिदैनथ्यो । आज बेसीशहरमा संक्रमण शून्य छ ।
आज मर्स्याङ्दी गाउँपालिकामा सबैभन्दा धेरै १३ जना, दोर्दि गाउँपालिकामा ७ जना र दूधपोखरी गाउँपाकिला– ६ बस्ने ७१ बर्षका र्संक्रमित भएका छन् ।
मर्स्याङ्दी गाउँपालिका– ९ का ३८, ४५ र ६८ बर्षका पुरुष र १९ वर्षीया दुईजना, २९, ३४, ३५ वर्षीया दुईजना ३८, ४०, ५६ । ५८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, दोर्दी गाउँपालिका– ९ का २१, ३१, ३६ र ६२ बर्षका पुरुष र बर्ष ३४, ३८ र ४६ वर्षीया महिलामा संक्रमण भएको जिल्ला प्रशासन कार्यालयको सो पोष्टमा उल्लेख छ । आज पनि कोरोना जित्ने थप भएका छैनन् भने मृत्यु पनि थपिएको छैन ।
आजसम्म जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १५६२ पुगेको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ७७१ रहेको तथा हालसम्म ७६९ जना सञ्चो भैसक्नु भएको, २२ जनाको मृत्यु भएको छ ।
No comments:
Post a Comment