प्राप्त बजेट विनियोजन गर्दै सुन्दरबजार– २ लाई स्मार्ट वडा बनाउन प्रतिवद्धता - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, June 22, 2021

प्राप्त बजेट विनियोजन गर्दै सुन्दरबजार– २ लाई स्मार्ट वडा बनाउन प्रतिवद्धता

विष्णुकुमार श्रेष्ठ/अन्तरङ्ग

सुन्दरबजार– लमजुङको सुन्दरबजार नगरपालिका– २ ले आफ्नो वडामा सरोकारवालाहरूको उपस्थितिमा आर्थिक बर्ष २०७८÷७९ का लागि सुन्दरबजार नगरपालिकाबाट प्राप्त हुने बजेट बिनियोजन गरेको छ । जिल्ला समन्वय समितिका संयोजक लोकराज पाण्डेको प्रमुख आतिथ्यतता र सुन्दरबजार नगरपालिका– २ का वडा अध्यक्ष नवीनकुमार श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम असार ८ गते भएको हो । 

        सो अवसरमा वडाध्यक्ष नवीनकुमार श्रेष्ठले प्रदेश र केन्द्रबाट अझै थप बजेट ल्याई सुन्दरबजार नगरपालिका– २ लाई स्मार्ट वडा बनाउन आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो भेलाले खानेपानी, शिक्षा, स्वास्थ, कृषि, युवा– स्वरोजगार, विपद व्यवस्थापन, गर्भवती महिला लक्षित कार्यक्रम, विद्युतीय चुलो र खानेपानी फिल्टर, जेष्ठ नागरिक सम्मान, कोभिड नियन्त्रण सम्बन्धि कार्यक्रम लगायतका विभिन्न कार्यक्रममा ५० लाख बिनियोजन गरिएको वडा सचिव शाहले बताउनु भयो । उहाँका अनुसार सहभागीहरूका बीचमा सामाजिक दुरी कायम गरी छलफल गरिएको शाहले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सो अवसरमा सबै सरोकारवालाहरूको राय सुझाव अनुसार बजेट विनियोजन गर्नुका साथै प्रदेश र केन्द्रबाट अझै थप बजेट ल्याई सुन्दरबजार नगरपालिका– २ लाई स्मार्ट वडा बनाउन आफू लागि पर्ने वडाध्यक्ष नवीनकुमार श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।’  

        उक्त कार्यक्रममा वडा समितिका सदस्यहरू,  राजनैतिक दलका वडा स्तरीय प्रमुखहरू नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका प्रमुख, विभिन्न आमा समुहका अध्यक्षहरू, क्लबका अध्यक्षहरू, टोल सुधार समितिका अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू, महिला संजालका प्रतिनिधिहरू, जेष्ठ नागरिकहरू, सरकारी सघसंस्थाका प्रमुख, खानेपानीका अध्यक्षहरू, बुद्धिजीवी समाजसेवीहरू सहित ६५ जना सरोकारवालाहरू रहेको वडा सचिव शत्रुधनप्रसाद शाहले बताउनु भयो । 

No comments:

Post a Comment