स्वस्तिका चिलुवाल/अन्तरङ्ग
लमजुङ– आसर १ गतेबाट लगातार परेको बर्षाका कारण दोर्दी खोलामा आएको बाढीले घरबास उठाएका पीडितको साहरा बनेर चलचित्र निर्देशक मिलन चाम्स लमजुङ आएका छन् । पछिल्लो समयमा राहत बितरण सुगम स्थानमा केन्द्रित भईरहेको अबस्थामा गोर्खा वारियर टिम र ओस एस आर डिजिटलको प्रतिनिधत्व गर्दै मिलन सँगै ओम प्रकाश अग्रवाल र क्याप्टेन रितेश चाम्स लमजुङको दोर्दीमा असार ८ गते आईपुगेका हुन् ।
यो टिमले बाढी प्रभावित ३० घरलाई खाद्यान्न हस्तान्तरण गरेको छ । बाढीले सडकनै भत्किएपछि सवारी साधन गुड्नका लागि समेत असहज बनाएको स्थितिमा दोर्दीबासिले भोगिहेको पिडा हेरेर बस्दा आफ्नो मन नै गरुङ्गो भएको बताउदै बाढीबाट घरबारीसहित सर्वस्व गुमाएका गाउँका बुधबहादुर गुरुङलाई एक लाख रुपैयाँ ओ.एस.आर. र गोर्खा वारियरको तर्फबाट सहयोग गर्ने चाम्सले प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यस्तै बाढीले घर बिहीन बनेका चतुरे बिकलाई २५ हजार रुपैयाँ OSR डिजिटल कम्पनिको तर्फबाट सहयोग गर्ने ओमप्रकास अग्रवालले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
यसैपनि सडक बाढीले बिगारे पछि उक्त बस्तीमा जान निकै अप्ठेरो छ, त्यस माथि सुगम ठाउँ केन्द्रित राहत बितरणले गर्दा दोर्दीबासीहरू राहतका लागि पछि परेको देखिन्छ ।
दोर्दीखोलामा बाढी आउँदा दोर्दी गाउँपालिका– ८ हिलेबजार क्षेत्रका १९ घर बगाएको छ भने १ सय २० घर रहेको उक्त क्षेत्र नै बाढीको उच्च जोखिममा छन् । यतिबेला घर बगाएका र उच्च जोखिममा रहेकालाई फलेनी माविको भवनमा राखिएको वडा अध्यक्ष तुलबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार घरबास उठेका स्थानीयलाई कसरी छानो मुनी बसाउने चिन्ताको बिषय बनेको छ ।
बर्षाायामको यो बिपत्तिले दोर्दी हिलेका स्थानीय हिलेबासीहरूमा एक किसिमको त्रास त छदैछ, त्यसमाथि पनि अब गासबासको व्यवस्था कसले गरिदेला आशाको त्यान्द्रो मनमा राखी बास पाउने आशामा दिनहरू बिताउदै छन् ।

No comments:
Post a Comment