लमजुङमा रोकिएन कोरोना संक्रमित थपिने क्रम आज थप ६१ जनामा पुष्टि, छ बालबालिकामा पनि संक्रमण, मृत्यु शून्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, June 17, 2021

लमजुङमा रोकिएन कोरोना संक्रमित थपिने क्रम आज थप ६१ जनामा पुष्टि, छ बालबालिकामा पनि संक्रमण, मृत्यु शून्य

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङ जिल्लामा रोकिएन कोरोना संक्रमित थपिने क्रम, आज असार ३ गते पनि थप ६१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये सात जना बालबालिकामा पनि संक्रमण भएको छ भने मृत्यु शून्य छ । आज थप ४७ जनाले कोरोना जितेका छन् । जिल्लामा कोरोना संक्रमितको कुल संख्या एक हजार ७६६ पुगेको छ ।

        उमेरका हिसावले आज सबैभन्दा कम उमेरमा ५ वर्षीया बालिका छन् भने ८८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरू दुवै जना बेसीशहर नगरपालिका– ८ र ९ का हुन् । 

        आज बेसीशहर नगरपलिकामा सबैभन्दा बढी २५ जना संक्रमित फेला परेका छन । त्यसपछि, सुन्दरबजार नगरपालिकामा २१ जना, मर्स्याङ्दी गाउँपालिकामा पाँच जना, मध्यनेपाल नगरपालिकामा चार जना संक्रमित फेला परेका छन् । त्यस्तै, राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकामा २÷२ जना तथा क्ब्होलासोंथर गाउँपालिकामा आठ वर्षीया बालिका र तनहूँको भानु घर भई लमजुङ बस्ने ६४ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । 

        आज बेसीशहर नगरपालिका– १ का ४५ वर्षका पुरुष, वडानं– २ का १७, १९ र ४३ वर्षका पुरुष र २८ र ६८ वर्षीया महिला, वडानं– ३ का ३८ वर्षका पुरुष, वडानं– ६ का ३द्द वर्षका पुरुष तथा ६२ वर्षीया महिला, वडानं– ७ का ३०, ३२ र ३३ वर्षीया महिला संक्रमित भएका छन् । यसैगरी, वडानं– ८ का २३ वर्षका पुरुष तथा ५, १९, २५, ३३, ५१ वर्षीया दुईजना, ५३ र ७३ वर्षीया महिला, वडानं– ९ का ८८ वर्षका पुरुष तथा ३० वर्षीया महिला, वडानं– ११ का २० र २५ वर्षीया महिलामै संक्रमण पुष्टि हुन आएको छ । 

        सुन्दरबजार नगरपालिका– २ का ३९ वर्षीया महिला, वडानं– ३ का ६० वर्षीया महिला, वडानं– ६ का १३ र १५ वर्षका बालक तथा १८, ३८, ४० र ४७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । यसैगरी, वडानं– ७ का ६० वर्षका पुरष तथा २५ वर्षीया महिला, वडानं– ८ का ११ वर्षका बालक, ४९ र ६६ वर्षका पुरुष र ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, वडानं– ९ का २६, २७ र ४५ वर्षका पुरुष तथा २८, ३८ र ५८ वर्षीया महिला, वडानं– १० का २६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । 

        मर्स्याङ्दी गाउँपालिका– ६ का आठ वर्षका बालक, २१ र ५२ वर्षका पुरुष तथा सात वर्षकी बालिका र ५० वर्षीया महिला छन् । 

        मध्यनेपाल नगरपालिका– ४ की ४८ वर्षीया महिला, वडानं– ६ का ३१ वर्षका पुरुष, ५२ वर्षीया महिला, वडानं– ८ का ६२ वर्षका पुरुष रहेका छन् ।

        त्यस्तै, राइनास नगरपालिका– ७ का ३६ वर्षका एक एक जना पुरुष र महिला छन् भने दूधपोखरी गाउँपालिका– १ का ५५ वर्षका पुरुष र वडानं– २ का ६७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार आजका दिनमा कुनै मृत्यु भएको छैन भने थप ४७ जनाले कोरोना जितेसँगै कुल एक हजार २६४ जना पुगेका छन् । कुल संक्रमित संख्या एक हजार ७६६ जना र सक्रिय संक्रमित संख्या ४७९ रहेको विज्ञप्तिमा जनाइएको छ । आज दोर्दी गाउँपालिकामा संक्रमित देखिएका छैनन् । 

No comments:

Post a Comment