कोरोना अपडेट : लमजुङमा सबैभन्दा कम सख्यामा नयाँ संक्रमण पुष्टि, आज मृत्यू शून्य र आजसम्म एक हजार ६१३ जनाले कोरोना जिते - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, June 27, 2021

कोरोना अपडेट : लमजुङमा सबैभन्दा कम सख्यामा नयाँ संक्रमण पुष्टि, आज मृत्यू शून्य र आजसम्म एक हजार ६१३ जनाले कोरोना जिते

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– आज निकै खुशीको समाचार छ । सबैभन्दा कम सख्यामा नयाँ संक्रमण पुष्टि भएको छ ।  आज जम्मा तनि जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यू शून्य र एक हजार ६१३ जनाले कोरोना जितेको जिल्ला प्रशासन कार्यालयले असार १३ गते बताएको छ । 

        लमजुङमा कोरोना भाइरस(कोभिड– १९)को दोस्रो संक्रमणको प्रकोपका क्रममा आज यो अवधिकै सबैभन्दा कम सख्यामा नयाँ संक्रमण पुष्टि भएको हो । आज जम्मा ३ जनामा संक्रमण पुष्टि भएको छ । आज जिल्लामा कोरोनाबाट निधन हुनेको संख्या पनि शून्य रहेको छ भने कोरोना जित्नेको संख्या थप भएर एक हजार ६१३ पुगेको छ । 

        आज जम्मा तीन जना संक्रमित पुष्टि भएकोमा राइनास नगरपालिका– १ मा २९ वर्षीया महिला र वडानं– ८ मा ६० वर्षका पुरुष तथा दूधपोखरी गाउँपालिका– ३ का ६२ वर्षका पुरुषमा संक्रमण फेला परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार सक्रिय संक्रमितको संख्या जिल्लाभर २५४ जना छ ।

        स्मरणीय छ, यसअघि असार ३ गते पहिलो पटक संक्रमित संख्या एक अंकमा झरेर ८ जनामा मात्र पुष्टि भएको थियो । त्यस्तै, असार १ गते ११ जनामा र जेठ २६ गतेका दिन १२ जनामा संक्रमण पुष्टि भएको थियो भने हिजो असार १२ गतेका दिनमा पनि १२ जनामा मात्र संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको थियो । 

No comments:

Post a Comment