कोरोना अपडेट : लमजुङमा आज १३ महिनाका बालकसहित छ जना नयाँ व्यक्तिमा संक्रमण पुष्टि, थप एकको निधन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, June 28, 2021

कोरोना अपडेट : लमजुङमा आज १३ महिनाका बालकसहित छ जना नयाँ व्यक्तिमा संक्रमण पुष्टि, थप एकको निधन

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) का नयाँ संक्रमित संख्या आज पनि एक अंकमै सीमित भएको छ । आज असार १४ गते जिल्लामा १३ महिनाका बालकसहित ६ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको    हो । यो एकै दिनमा पुष्टि भएको संक्रमित संख्यामा दोस्रो कम हो । आज थप एक जनाको दुःखद निधन भएको छ ।


         लमजुङमा कोरोना भाइरस(कोभिड– १९)को दोस्रो संक्रमणको प्रकोपका क्रममा आज पुष्टि भएकाहरूमा बेसीशहर नगरपालिका र राइनास नगरपालिकाका मात्र छन् । राइनास नगरपालिकाका १३ महिना र ४ वर्षका बालक छन् भने अन्य पनि सबै पुरुष मात्र संक्रमित भएका हुन् । १३ महिनाका बालक बेसीशहर नगरपालिका– १० का हुन् भने ४ वर्षका बालिक राइनास नगरपालिका– ४ का हुन् । सो वडाका ३५ वर्षका पुरुष पनि संक्रमित भएका छन् भने सोही नगरपालिका– ५ का ५७ वर्षका पुरुष छन् । त्यस्तै, बेसीशहर नगरपालिका– ८ का ४३ वर्षका पुरुष संक्रमित भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गरी जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार सक्रिय संक्रमितको संख्या जिल्लाभर २५९ जना छ ।

        आज बेसीशहर नगरपालिका १० का २४ वर्षका पुरुषको दुःखद निधन भएको प्रशासनले जनाएको छ । योसँगै जिल्लामा कोरोनाबाट निधन हुनेको संख्या २७ पुगेको छ । 

        स्मरणीय छ, यसअघि असार १२ गतेका दिन ३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, असार ३ गते जिल्लामा पहिलो पटक संक्रमित संख्या एक अंकमा झरेर ८ जनामा मात्र पुष्टि भएको थियो । 

No comments:

Post a Comment