कोरोना अपडेट : आज थप ५३ जना नयाँ सक्रमित थपिए, सञ्चो हुने थपिएनन् - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, June 5, 2021

कोरोना अपडेट : आज थप ५३ जना नयाँ सक्रमित थपिए, सञ्चो हुने थपिएनन्

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपका क्रममा संक्रमित संख्या बढ्ने क्रम जारी छ । जेठ २२ गते तीन जना बालबालिकासहित ५३ जना नयाँ संक्रमित थप भएका छन् । जिल्लामा संक्रमितको संख्या एक हजार २७६ पुगेको छ । आज थप १ जना गरी कुल १९ जनाको मृत्यु भएको छ भने कोरोना जित्ने संख्या थप भएन तर हिजोसम्मको तथ्यांक अनुसार जिल्लामा कोरोना जित्नेको संख्या ५९० रहेको छ । 

बेसीशहर नगरपालिकामा १६ जना, राइनास नगरपालिकामा १५ जना, मध्यनेपाल नगरपालिका– जम्मा ९ जना, सुन्दरबजार नगरपालिकामा जम्मा ८ जना र दोर्दी गाउँपालिकामा ४ जना संक्रमित पुष्टि भएको छ । आज सबैभन्दा कम उमेरमा तीन वर्षीया बालिका तथा अधिक उमेरमा ७३ वर्षका २ जना बृद्ध छन् । उनीहरू क्रमशः दोर्दी गाउँपालिका– ४ र मध्यनेपाल नगरपालिका– ७ र राइनास नगरपालिका– ४ का पुरुष छन् । 

बेसीशहर नगरपालिका– १ का ४० बर्षका पुरुष, वडा नं २ का ४१ र ३७ बर्षका पुरुष, वडा नं ३ का बर्ष ३५ वर्षीया महिला, वडा नं ७ का ३० बर्षका पुरुष र बर्ष ११ वर्षीया बालिका र ४८ वर्षीया महिला, वडा नं ८ का ३७ र ३५ बर्षका पुरुष साथै ४६ वर्षीया महिला, वडा नं ९ का २३ बर्षका पुरुष र ५४ बर्षीया महिला, वडा नं १० का २० र ३० बर्षका पुरुष, वडा नं ११ का ६४ र २६ बर्षका महिला संक्रमित भएका छन् ।

राइनास नगरपालिका– ३ का ५ वर्षीया बालिका, १८, १९, २९, ३२, ५० र ५८ वर्षीया महिला, वडा नं ४ का बर्ष २९ र ५७ वर्षीया महिला तथा ४०, ४२, ४६, ५१, ५३, ७० र ७३ र बर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।  

त्यस्तै, मध्यनेपाल नगरपालिका– वडा नं ७ का १९, २०, ४२ र ५६ का पुरुष र बर्ष ३५, ३६, ४०, ४५, र ७३ वर्षीया महिला रहेका छन् । सुन्दरबजार नगरपालिका– २ का ३९ वर्षे महिला, वडा नं ७ का ३२ वर्षका पुरुष तथा २५ बर्षीया महिला संक्रमित छन् । सोही नगरपालिका– ९ का बर्ष ४५, ५१, ५७ र ६० वर्षका पुरुष र ३८ बर्षीया महिला संक्रमित भएका छन् ।

यसैगरी, दोर्दी गाउँपालिका– ४ का बर्षका ४९ का पुरुष र ३ वर्षीया बालिका तथा २८ र ४६ वर्षीया महिलामा संक्रमण भएको जिल्ला प्रशासन कार्यालयको फेसबुक पेजमा उल्लेख गरिएको छ । सो विवरण अनुसार चितवनमा जिल्ला घर भइ हाल लमजुङ बस्ने बर्ष ४० का पुरुषको मृत्युु हुन गएको छ ।

No comments:

Post a Comment