अन्तरङ्ग सम्वाददाता
सुन्दरबजार(लमजुङ)– सुन्दरबजार चेम्बर अफ कमर्शले थालनी गरेको ‘वास्तविक भोको पेटका लागि खाद्यान्न अभियान’द्वारा भोकोपेट रहेका १५ परिवारलाई खाद्यन्न वितरण गरिएको छ । सो अभियान अन्तरगत सहयोग रकम आउने क्रम जेठ २२ गते पनि जारी नै छ । आजका दिनसम्म अभियानका लागि झण्डै ५२ हजार रकम संकलन भएको छ ।
उक्त अभियान अन्तरगत वास्तविक भोको पेटमा परेका परिवार पहिचान गरी १५ परिवारलाई सहयोग गरिएको छ । तीन दिन यता सो अभियान अन्तरगत राहत वितरण थालिएको सुन्दरबजार चेम्बर अफ कमर्शका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार प्रतिव्यक्ति जीरा मसिनो चामल १ बोरा, तोरिको तेल १ लिटर, आयो नुन १ किलो र दाल २ किलोका दरले एक परिवारलाई सहयोग गरिएको छ । त्यस्तो सहयोग लिनु हुने परिवारमा सुन्दबजार नगरपालिकाको विभिन्न वडाका १३ जना, बेसीशहर नगरपालिका– ६ चण्डीस्थानका एक जना र दोर्दी गाउँपालिका– ८ का एक जनालाई सहयोग गरी सकिएको र माग आइरहेको छ ।
उक्त अभियान अन्तरगत आजका दिनसम्म झण्डै ५२ हजार रकम संकलन भएको सुन्दरबजार चेम्बर अफ कमर्शका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार उक्त अभियानलाई सहयोग गर्नु हुने परोपकारी भावनाका महानुभावहरूमा सहभागी हुनुभएका महानुभावको नाम क्रमशः यसप्रकार रहेको छ । भानु नगरपालिका– ११, तनहूँमा स्थायी बसोबास भई हाल काठमाडौमा बस्नु हुने दिपक ढुंगानाले एक हजार पाँच सय रुपैयाँ, सुन्दरबजार नगरपालिका– ७ निवासी संगीता अधिकारीबाट दुई हजार ११० रुपैयाँ, सुन्दरबजार नगरपालिका– २ देउराली निवासी राजेन्द्र मग्रातीबाट एक हजार ५०५ रुपैयाँ, मध्यनेपाल नगरपालिका– १० मा स्थायी बसोबास भई हाल काठमाडौमा रहुन भएका नकुल केसीबाट चार हजार ५८३ र पैसा ३० मात्र प्राप्त भएको छ ।
यसैगरी, अभियानमा सहभागी हुनुभएका अन्य मनकारी मनहरूमा सुन्दरबजार नगरपालिका– ६ मदन श्रेष्ठबाट पाँच हजार, त्रिशुली खाद्य उद्योग नारायणगढबाट तीन हजार १५०रुपैयाँ, बुलबुल मसला उद्योग नारायणगढबाट एक हजार पाँच सय रुपैयाँ, सुन्दरबजार नगरपालिका– ७ मा स्थायी बसोबार भई हाल काठमाडौमा बस्नु हुने सुदर्शन जोशीबाट एक हजार १११ रुपैयाँ, बेसीशहर नगरपालिका– ८ निवासी सुरेशकुमार प्रधानबाट दुई हजार रुपैयाँ, सुन्दरबजार नगरपालिका– ७ निवासी मोहनकृष्ण भट्टबाट छ हजार १३६ रुपैयाँ, आबुखैरेनीबाट राघब अग्रवतीबाट दुई हजार ५५० रुपैयाँ प्राप्त भएको छ ।
त्यस्तै, उक्त अभियानमा जोडिनु भएका अन्य समाजसेवीहरूमा सुन्दरबजार नगरपालिका– ७ युनिक सापकोटाबाट एक हजार रुपैयाँ, सुन्दरबजार नगरपालिका– ७ निवासी राधादेवी श्रेष्ठबाट एक हजार रुपैयाँ, सुन्दरबजार नगरपालिका– ७ मा स्थायी बसोबास भई हाल भरतपुर चितवनमा रहनु हुने प्रा.डा. कल्याणी मिश्रबाट पाँच हजार ५१ रुपैयाँ, सुन्दरबजार नगरपालिका– ७ निवासी नरेन्द्रराज ढुंगानाबाट एक हजार ५१५ रुपैयाँ, भानु नगरपालिका– ११ सुन्दर वस्ती निवासी अर्जुन केसीबाट एक हजार पाँच सय रुपैयाँ सहयोग प्राप्त भएको सुन्दरबजार चम्बर अफ कमर्शले जनाएको छ । उक्त संस्थाका अनुसार सुन्दरबजार नगरपालिका– ६ निवासी सीता भण्डारीबाट एक हजार पाँच रुपैयाँ, सुन्दरबजार नगरपालिका– ९ फुलबारी निवासी चोलाकुमारी सापकोटाबाट एक हजार पाँच रुपैयाँ, सुन्दरबजार नगरपालिका– ६ मा स्थायी बसोबास भई हाल काठमाडौमा रहनु हुने कृष्णहरि अधिकारीबाट एक हजार पाँच सय, सुन्दरबजार नगरपालिका– ५ खहरेमा स्थायी बसोबास भई हाल काठमाडौमा रहनु हुने कमला केसीबाट दुई हजार रुपैयाँ, प्रदान गर्नु भएको छ । उहाँका अनुसार सुन्दरबजार नगरपािलका– ९ भोटेवडार निवासी रुपकाजी श्रेष्ठबाट तीन हजार एक सय रुपैयाँ, सुन्दरबजार नगरपालिका– ६ निवासी ज्ञानबहादुर नेपाली दुई हजार पाँच सय ५० रुपैयाँ समेत अभियानमा सहयोग प्राप्त भएको कुल रकम ५१ हजार ८७५ रुपैयाँ र पैसा ३० संकलन भएको छ । चेम्बरका अध्यक्ष श्रेष्ठले सहयोगी मनहरू सबैलाई संस्थागत तथा व्यक्तिगत रुपमा विशेष धन्यवाद ज्ञापन गरिएको बताउनु भएको छ ।

No comments:
Post a Comment