लमजुङमा आज थप ३५ जनामा संक्रमण पुष्टि, २४ जनाले कोरोना जिते, जिल्लामा मृत्यू शून्य - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, June 14, 2021

लमजुङमा आज थप ३५ जनामा संक्रमण पुष्टि, २४ जनाले कोरोना जिते, जिल्लामा मृत्यू शून्य

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङ जिल्लामा आज थप २४ जनाले कोरोना जितेका छन् भने थप ३५ जना नयाँ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । आज जेठ ३१ गते जिल्लामा मृत्यू शून्य छ । जिल्लामा कोरोना संक्रमितको कुल संख्या १६३७ पुगेको छ । विगतमा सर्वाधिक संक्रमित देखिने गरेका सदरमुकाम स्थित बेसीशहर तथा सुन्दरबजार नगरपालिकाका साथै मर्स्याङ्दी गाउँपालिकामा आज नयाँ संक्रमित पुष्टि नभएको सुखद खबर छ । त्यसो त दोर्दी गाउँपालिका र क्ब्होलासोंथर गाउँपालिकामा पनि आज नयाँ संक्रमित भेटिएका छैनन् । जिल्लामा कोरोना जित्ने संख्या एक हजार १७९ रहेको छ । 

        आज लमजुङमा सबैभन्दा धैरै मध्यनेपाल नगरपालिकामा २९ जनामा संक्रमित थपिएका छन् । तीमध्ये २३ जना वडानं– ७ का मात्र छन् । साथै, राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकामा ३/३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

        उमेरका हिसावले आज सबैभन्दा कम तीन वर्षका बालक सहित आठ जना संक्रमित थप भएका छन् । उनीहरू सबै मध्यनेपाल नगरपाकिला– ७ का हुन् । उक्त वडामा ६ वर्षका एकएक जना बालक र बालिका, १० वर्षकी बालिका र १६ वर्षका चार जना बालक र बालिका छन् । त्यसैगरी, २० वर्षसम्म उमेरका थप पाँचजना किशोरकिशोरीमा संक्रमण पुष्टि भएको छ । उनीहरूमा १८ वर्षका दुईजना, १९ वर्षीया किशोरी र २० वर्षका दुईजना किशोर हुन् भने राइनास नगरपालिका– ४ का १९ वर्षका किशोरमा संक्रमण पुष्टि भएको छ । 

        त्यस्तै, सर्वाधिक उमेरमा मध्यनेपाल नगरपालिका– ७ कै ९४ वर्षीया महिला रहेको छन् । अन्य ८० वर्षभन्दा माथिको उमेरका संक्रमितमा सोही वडाका ८५ वर्षका पुरुष रहेका छन् । उक्त वडाका अन्य उमेरका संक्रमितमा २३, ३५ र ४२ वर्षका पुरुष छन् । सोही वडाका २८, ३०, ४०, ४१, ६० वर्ष उमेरका दुई जना छन् । उक्त नगरपालिका– ३ का २५, २६ र ४५ वर्षीया महिला, वडानं– ८ का २५ वर्षका पुरुष र ५० र ७८ वर्षीया महिला संक्रमित भएका छन् । 

        राइनास नगरपालिका– ३ का ५० वर्षीया महिला, वडानं– ४ का १९ वर्ष र ४८ वर्षका पुरुषमा संक्रमण देखिएको छ । यसैगरी, दूधपोखरी गाउँपालिका– १ का ५० वर्षका पुरुष तथा वडानं– ६ मा घर भएका २६ वर्षका दुई जना पुरुष संक्रमित भएको  जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गर्नु भएको विज्ञाप्तिमा उल्लेख गरिएको छ । उहाँका अनुसार नयाँ संक्रमित सबैको अवस्था सामान्य रहेको छ । उनीहरू सबै होम आइसोलेसनमा रहेका छन् । 

No comments:

Post a Comment