पूर्वप्रधानमन्त्री खनालको अक्सिजन सपोर्टमा उपचार हुँदै, आकस्मिक कक्षबाट वार्डमा सारियो - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, June 14, 2021

पूर्वप्रधानमन्त्री खनालको अक्सिजन सपोर्टमा उपचार हुँदै, आकस्मिक कक्षबाट वार्डमा सारियो

अन्तरङ्ग सम्वाददाता

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको अवस्था सामान्य रहेको अस्पतालले जेठ ३१ गते जनाएको छ । अस्वस्थ भएपछि उहाँलाई नर्भिक अस्पतालमा आज विहान भर्ना गरिएको थियो । उहाँलाई आकस्मिक कक्षबाट वार्डमा सारिएको र अक्सिजन सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जनाएको छ ।

        नेता खनालको अवस्था सामान्य रहेको र रगतमा हेमोग्लोबिनको कमी देखिएको अस्पतालको सञ्चार तथा जनसम्पर्क विभागले जानकारी दिएको छ । अस्पतालको सूचनामा भनिएको छ ‘आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको छ ।’

        नेता खनाललाई पछिल्लो ९ दिनदेखि ज्वरो आइरहेको थियो । उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । उनीहरूका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आकस्मिक कक्षमा भर्ना गरिएको थियो । 

        स्मरणीय छ, कोरोना संक्रमण भएपछि खनाल गत वैशाख १८ गते नर्भिक अस्पताल भर्ना भएर निको भई वैशाख २८ गते घर फर्किर्नु भएको थियो ।

No comments:

Post a Comment