अन्तरङ्ग सम्वाददाता
बेसीशहर– लमजुङ जिल्लामा आजका दिनसम्म कोरोना जित्नेको संख्या एक हजार १५५ पुगेको छ । आजमात्र थप ३८६ जनाले कोरोना जितेका छन् भने थप ४० जना नयाँ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी, आज थप एकजनाको दुःखद निधन भएको छ । तर निधन हुने व्यक्ति सप्तरी जिल्लाका ४५ वर्षका लमजुङ बस्ने पुरुष हुन् ।
जिल्लामा कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोप फैलिएसँगै नयाँ सक्रमित थपिने क्रम जारी छ । आज जेठ ३० गते ४० थप भएसंगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या १६०२ पुगेको छ ।
आज लमजुङमा सबैभन्दा धैरै बेसीशहर नगरपालिकामा १६ जनामा संक्रमित थपिएका छन् । त्यसपछि सुन्दरबजार नगरपालिकामा १५ जना, दूधपोखरी गाउँपालिकामा सात जना, क्ब्होलासोंथर गाउपालिकामा १३ वर्षीया बालिका र राइनास नगरपालिका– ३ मा २६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
आज सबैभन्दा कम उमेरमा ६ वर्षीया बालिका बेसीशहर नगरपालिका– ६ र सर्वाधिक उमेरमा दूधपोखरी गाउँपालिका– ३ का ७० वर्षका पुरुष छन् । सोही वडाका ११ वर्षका बालक, १७, ३४, ६४ वर्षका पुरुष समेत संक्रमित छन् भने ५४ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । दूधपोखरी गाउँपालिका– २ का ३५ वर्षीया महिलामा पनि संक्रमित भएकी छन् ।
बेसीशहर नगरपालिका– १ का २६ बर्षका पुरुष, वडा नम्बर २ का ५९ वर्षीया महिला, वडानं– ६ का ४६ वर्षका पुरुषका साथै ६ र ३३ वर्षीया महिला पनि संक्रमित भएका छन् । यसैगरी, वडानं– ७ का २३, २९, ४६, र ६६ बर्षका पुरुष, वडा नम्बर ८ का ४८ बर्षका पुरुष तथा ४० वर्षीया महिला छन् । त्यस्तै, वडानम्बर ९ का ३० र ३८ बर्षका महिला, वडा नम्बर १० का ३५ बर्षका पुरुष, वडा नम्बर ११ का ३० बर्षका पुरुष र ५७ बर्षका महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, सुन्दरबजार नगरपालिका– १ को ३० बर्षका पुरुष र २८ बषीया महिला, वडानं– २ का ४९ बर्षका पुरुष, वडानं– ६ को ४२ बर्षका पुरुष, वडानं– ८ को ५० बर्षका पुरुष संक्रमित भएका छन् । यसैगरी, वडानं– ९ का ४१, ४५, ६०, ६५ र ६३ बर्षका पुरुष र २२, २४, २७, ३७ र ६३ बर्षीया महिला संक्रमित भएको जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गर्नु भएको विज्ञाप्तिमा उल्लेख गरिएको छ । उहाँका अनुसार सप्तरी घर भई लमजुङको देर्दी गाँउपालिका– ६ मा बस्ने ४५ बर्षको पुरुषको मृत्यु भएको छ । उनी स्थानीय जलविद्युत आयोजनाका कामदार भएको बुझिएको छ ।
जिल्लामा हालसम्म कुल संक्रमित संख्या एक हजार ६ सय २ पुगेको भएता पनि कोरोना जित्नेको संख्या एक हजार १५५ पुगेको छ र जम्मा सक्रिय संक्रमित ४२४ जना छन् । आजसम्मको कुल मृत्यु संख्या २३ पुगेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
No comments:
Post a Comment