गण्डकी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना बढ्यो : पृथ्वीसुब्बाकै नेतृत्वको सरकारले मध्यावधि गराउने - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, May 11, 2021

गण्डकी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना बढ्यो : पृथ्वीसुब्बाकै नेतृत्वको सरकारले मध्यावधि गराउने

अन्तरङ्ग संवाददाता

पोखरा– गण्डकी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना बढेको छ । जनमोर्चाका तीन सांसद दुईतिर लाग्ने एकिन भएपछि त्यस्तो संभावना बैशाख २८ गते बढेको हो । मध्यावधि निर्वाचन पृथ्वीसुब्बाकै नेतृत्वको सरकारले गराउने छ ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नयाँ गठबन्धन काँग्रेस– माओवादीलाई सहयोग नगर्ने अडान लिनु भएपछि गण्डकी प्रदेश मध्यावधि निर्वाचनमा होमिने संभावना बढेको हो । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिनु भएको म्याद आज बैशाख २९ गते दिउँसो ४ बजे सकिदैछ । तर त्यो समय अघि नै सरकार बनाउछौं भन्दै उत्साहित भएका नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरू विलखबन्दमा पर्दै छन् । उनीहरूको हिजै बहुमतको हस्ताक्षर सहितको सांसद सूचि लिएर सरकार गठनको दावी गर्ने तयारी थियो । त्यसै मनसाय अनुसार उनीहरू जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाकोमा दस्तखत लिन पुगे । तर सो टोलीलाई उहाँबाट दस्तखत हात पार्न नसकी रित्तो हात फर्किनु पर्यो । यसपछि गण्डकी प्रदेशमा प्रस्तावित मुख्यमन्त्री काँग्रेसका नेता कृष्णचन्द्र नेपालीले सो पद पाउने सम्मावना लगभग तुहिएको स्थिति बन्न गएको स्रोतको भनाई छ ।   

गण्डकी प्रदेश सभामा ६० जना सभासद छन् । बहुमतका लागि ३१ मत हुनुपर्दछ । प्रदेश सभामा सदस्य संख्या एमालेको २७, एक स्वतन्त्र र जनमोर्चाका ३ सांसद छन् । यसअघि नेकपाको संसदीय दलको नेता हुँदा पृथ्वीसुब्बाको साथमा ४३ जना सदस्यको समर्थन थियो । एमाले र माओवादी केन्द्रमा विभाजित भएपछि एमालेको संख्या २७ मा झरेको हो । 

कृष्ण थापाले अडान परिवर्तन नगरेको खण्डमा पृथ्वी सुब्बाको पक्षमा पनि बहुमत नपुग्ने स्थिति उत्पन्न भएको छ । गुरुङ सम्भवतः आजै साँझसम्म मुख्यमन्त्री बन्नु हुनेछ । उहाँले एक महिना भित्र संसदबाट विश्वासको मत लिनु पर्छ तर त्यो सम्मावना पनि न्यून छ । त्यसको विकल्प भनेको मध्यावधि निर्वाचन नै भएको विज्ञहरूको बुझाई छ ।

No comments:

Post a Comment