लमजुङमा आजबाट गरिएको निषेधाज्ञा सुन्दरबजार क्षेत्रमा कडाईका साथ पालना, पैदल समेत नहिड्न प्रहरीको आग्रह - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, May 11, 2021

लमजुङमा आजबाट गरिएको निषेधाज्ञा सुन्दरबजार क्षेत्रमा कडाईका साथ पालना, पैदल समेत नहिड्न प्रहरीको आग्रह

विष्णुकुमार श्रेष्ठ/ब्युरोप्रमुख अन्तरङ्ग

सुन्दरबजार– कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोप नियन्त्रण तथा रोकथामका लागि लमजुङमा आजबाट गरिएको निषेधाज्ञा जिल्लाको व्यावसायिक एवम् शैक्षिक केन्द्र सुन्दरबजारमा कडाईका साथ लागु गरिएको छ । विहान ६ बजेदेखि ९.३० बजेसम्मको अवधिमा निषेधाज्ञाको अवज्ञा गरी बिना इजाजत बिना मोटरसाइकल चलाउने १५ वटा मोटर साइकल नियन्त्रणमा लिनुका साथै अनावश्यक रूपमा हिडडुल गर्नेलाई समेत रोक्ने सराहनीय काम प्रहरीबाट बैशाख २९ गते भएको छ । 

बिना काम पैदल हिड्नेहरूलाई समेत कोरोना सम्बन्धि सचेतना दिई अनावश्यक रुपमा अब उप्रान्त हिडडुल नगर्न अनुरोध गर्ने कार्यमा इलाका प्रहरी कार्यालय सुन्दर बजारका प्रमुख प्रहरी नायव निरीक्षक रामकृष्ण अधिकारी आफू समेत खट्नु भएको छ । उहाँका अनुसार निषेधाज्ञाको मर्मलार्ई आत्मसाथ गर्दै इलाका प्रहरी कार्यलय सुन्दरबजारले अत्यन्तै कडाईका साथ पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बजार क्षेत्रमा बिहान ९ बजेपछि खाद्यवस्तु तथा तरकारीका सटर बन्द गर्न लगाएको र गस्ती चेकिङ कार्यलार्य तीब्र पारेको कार्यलाई सुन्दरबजारका सर्वसाधारणले समेत प्रहरीको तारिफ गरेका छन् ।  

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलद्वारा जारी निषेधाज्ञा सम्बन्धि आदेशमा अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ । सदरमुकाममा मात्र नभएर गाउँगाउँमा समेत कोभिडका बिरामी पुष्टि हुन थालेपछि स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेको हो । प्रशासनले एम्बुलेन्स, खाद्यान्न, दाना चल्ला बोक्ने साधन, औषधि, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यकीय बाहेकका अन्य सबै सेवा बन्द गर्ने जनाएको छ । लमजुङमा दैनिकजसो कोभिडका नयाँ बिरामी भेटिनेक्रम रोकिएको छैन । 


हालसम्म जिल्लाभित्र बैशाख २८ गतेसम्म पुष्टि भएका संक्रमित संख्या १५६ पुगेको छ भने झण्डै तीन सयको रिपोर्ट आउन बाँकी छ । विभिन्न लक्षणसहित उपचारका लागि अस्पताल गएका बिरामीहरूमा पनि कोभिड– १९ पुष्टि हुने क्रम जारी छ । 

आज गए राति १२ बजेदेखि शुरु भएको पहिलो चरणको निषेधाज्ञा आगामी जेठ ३ गते राती १२ बजेसम्मका लागि जिल्लाभरका लागि जारी छ । 

No comments:

Post a Comment