लमजुङमा एकैदिन ३७ जना थपिए कोभिडका विरामी : कुल संक्रमण १५३ जनामा पुष्टि - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, May 10, 2021

लमजुङमा एकैदिन ३७ जना थपिए कोभिडका विरामी : कुल संक्रमण १५३ जनामा पुष्टि

अन्तरङ्ग संवाददाता

बेसीशहर । लमजुङमा पनि कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोप फैलने क्रम जारी रहेको छ । आज ३७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको कुल संख्या १५३ जना बैशाख २७ गते पुगेको छ ।

संक्रमितहरू सबै कन्ट्रयाक्ट ट्रेसिङका आधारमा संक्रमण पुष्टि भएको हो । उनीहरू मध्यनेपाल र राइनास नगरपालिकाका १२÷१२ जना छन् । त्यसैगरी, संक्रमण पुष्टि हुने अन्यमा बेसीशहर नगरपालिकाका ९ जना, सुन्दरवजार नगरपालिका, दुधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिकाका एक÷एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

उनीहरूको उमेर १० वर्षका बालकदेखि ६८ वर्षका बृद्ध समेत रहेका छन् । ती दुवै जना राइनास नगरपालिका– ३ का बासिन्दा हुन् । उक्त वडामा ३० वर्षका दुईजना, ५२ र ५ट वर्ष उमेरका पुरुष छन् । सोही नगरपालिका– 

२ का २१ र ४५ वर्षका पुरुष, वडानं ४ मा १८, २२, ४२ र ४९ वर्षीय महिला संक्रमित भएका छन् ।

मध्यनेपाल नगरपालिका– ४ र ६ का क्रमशः ६० र ६२ वर्षका पुरुष, वडा नं. ७ का १८, ३७, ४५, ५०, ५२ र ५५ वर्षका ६ जना महिला तथा सोही वडाका ४७, ४८, ५१ र ६० वर्षका चार जना पुरुष छन् । 

यसैगरी बेसीशहर– ७ का २८, ४३ र ५७ वर्षका पुरुष, वडा नं. ८ का ४८ वर्षका पुरुष, वडानं ९ का २१, २८ र ५१ वर्षका पुरुष तथा सोही वडाका ३५ वर्षिय एक महिला छन् । त्यस्तै वडानं नखुलेका २५ वर्षिय एक महिला र ४८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा जनाइएको छ ।  

त्यस्तै, सुन्दरवजार नगरपालिका– ९ का २८ वर्षका पुरुष, दुधपोखरी गाउँपालिका २ की ६० वर्षीय महिला, दोर्दी गाउँपालिका– ८ का ४८ वर्षका पुरुषका साथै मस्र्याङ्दी गाउँपालिका– ३ का ३७ वर्षीय महिला संक्रमित भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।  

नयाँ संक्रमतिको विवरण अनुसार जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको नमुना परीक्षण गरिएको र सबैको अवस्था सामान्य रहेको, सबै आफ्नै घरमा आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा भनिएको छ । 

यस प्रकार आज थपिएका संक्रमित भएको सूचि हेर्दा जिल्लाका आठ स्थानीय तहमध्ये क्ब्होलासोथरमा संक्रमित भेटिएका छैनन् । आजका मितिसम्म जिल्लामा हालसम्म संक्रमण पुष्टि हुनेको संख्या एकसय ५३ पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।

स्मरणीय छ, यसरी दिनहुँ जसो संक्रमित संख्या बढ्न थालेको स्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्याययले बैशाख २८ गते राती १२ बजेदेखि एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । यसअघि राइनास नगरपालिका– ७ र दूधपोखरी गाउँपालिका– १ र २ वडामा मात्र निषेधाज्ञा घोषणा गरिएको थियो । 

No comments:

Post a Comment