पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएको उल्लेख गर्दै नेपालको संविधानको धारा १६९ को १ (क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजिनामा बुझाएका छन् ।
गुरुङले दिएको राजिनामा स्विकृत गर्दै प्रमुख पौडेलले स्विकृत गरेकी छिन् । प्रमुख पौडेलले गुरुङको नेतृत्वमा रहेको मन्त्रीपरिषद्ले हालसम्म गरेको कामप्रति धन्यवाद व्यक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म मौजुदा मन्त्रीपरिषद्ले कार्य सञ्चालन गर्ने र नेपालको संविधानअनुसार तीन दिनभित्र नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेकी छिन् ।
मुख्यमन्त्री गुरुङका विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमाथि वैशाख २७ गते सोमबार मतदान हुने कार्यक्रम थियो । मतदान हुने अघिल्लो दिन मुख्यमन्त्रीको राजीनामा आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
No comments:
Post a Comment