अन्तरङ्ग संवाददाता
लमजुङ । लमजुङमा कोभिड– १९ को दोस्रो प्रकोप फैलिएसँगै नगरबासीको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै एक नगरपालिका आफैले अक्सिजनसहितको एम्बुलेन्स र अस्थायी कोभिड अस्पताल बनाएको छ । मध्यनेपाल नगरपालिकाले अक्सीजनसहितको एक एम्बुलेन्स र ५ बेडको कोभिड अस्पताल तयार गरी सञ्चालनमा ल्याएको हो ।
कोभिड– १९ बाट संक्रमित विरामीको उपचारका लागि बिरामी ओसार पसारका निम्ति एउटा अक्सिजन सहितको एम्बुलेन्स गाडीको व्यवस्था गरेको छ । नगरपालिकाले खोलेको आइसोलेसन केन्द्र यदि त्यहाँ नभए अस्पताल लाने सबै जिम्मा नगरपालिकाले गर्ने सो नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ज्वोरो, रुघाखोकी लागेकाहरूले पिसिआर गर्न र रिपोर्ट नआउँदासम्म अलग्न बस्न अनुरोध गर्द्छु ।’ कोभिड– १९ का कारण समस्या भएमा एम्बुलेन्सको प्रयोगको प्रवन्ध गरिएको छ ।’ त्यसका लािग सुर्यप्रसाद पौडेलको मोनं ९८५६०७९०२० र विश्व घिमिरे ९८४६१४८५०४ मा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
यसैगरी, मध्यनेपाल नगरपालिका– १ को जिताबेसी निबुवाटारी स्थित सूर्यज्योति निमाविको तत्कालीन भवनलाई अस्थायी कोभिड अस्पतालमा परिणत गरेको हो । शहरी स्वास्थ्य केन्द्र नजिकै निबुवाटारीमा सो कोभिड अस्पताल सञ्चालनमा ल्याएको मध्यनेपाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलले बताउनु भयो । उहाँका अनुसार उक्त अस्पतालमा नगरपालिकाले १ जना एमबीबीएस डाक्टर, २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगी खटाएको छ । ‘कोभिड– १९ बाट नगरबासीलाई बचाउनका लागि नगरपालिकाले अस्पताललाई निरन्तरता दिई थप अक्सिजनको व्यवस्था गरेका छौं ।’ मध्यनेपाल नगरपालिका मेयर रमेशकुमार पाण्डेले भन्नुभयो । उहाँका अनुसार नगरपालिका नगरबासीकै साथमा छ भन्ने व्यवहारमै पुष्टि गर्दै ढाडस दिनका लागि सो अस्पतालमा ५ बेड बनाएर सवै बेडमा अक्सिजनको प्रवन्ध गरिएको छ । उहाँले थप भन्नुभयो, ‘आवश्यक परेमा थप २५ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको छ ।’
त्यस्तै, नगरबासीको सुविधालाई ध्यानमा राखेर नगरपालिकाले हरेक साता सोमबारका दिन नगरपालिका कार्यालय रहेको वडानं ६ को भोर्लेटार र वडानं– ४ को दुईपिप्ले रम्घामा दुई स्थानबाट स्वाब सङ्कलन गर्ने व्यावस्था समेत मिलाएको मेयर पाण्डेले जानकारी दिनु भएको छ ।
No comments:
Post a Comment