बेसीशहर नगरपालिकाले २५ जना कडा रोगका विपन्न नागरिकलाई उपचारका लागि जनही एक लाख सिफारिस - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, May 12, 2021

बेसीशहर नगरपालिकाले २५ जना कडा रोगका विपन्न नागरिकलाई उपचारका लागि जनही एक लाख सिफारिस

अन्तरङ्ग संवाददाता

बेसीशहर– बेसीशहर नगरपालिकाले कडा रोगका कारण विरामी परेका र उपचारमा आर्थिक समस्या परेका विपन्नलाई उपचारका लागि सिफारिस गरेको छ । नगरपालिकाले उनीहरुलाई १÷१ लाख रुपैयाँ बराबरको उपचार खर्च सिफारिस गरेको हो । 


आर्थिक बर्ष २०७७÷०७८ को साउनदेखि चैतसम्मको अवधिमा २५ जनालाई उपचारका लागि त्यस्तो सिफारिस गरेको हो । सिफारिस गरिएका विरामीले नेपाल सरकारले तोकेको अस्पतालमा सेवा पाउने भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहोराले बताउनुभयो । उहाँका अनुसार विभिन्न कडा रोगहरू मुटु, मृगौला, क्यान्सर, पार्किन्सस, अन्जाइमर्स, हेडईन्जुरी, स्पाईनल ईन्जुरी जस्ता रोगमा नेपाल सरकारले तोकिएका अस्पतालमा १ लाख रुपैयाँ छुटका लागि सिफारिस गरिएको हो । उहाँले भन्नुभयो, ‘नगरपालिकाबाट  त्यसरी सिफारिस गरिएकाहरूमा ११ जना क्यान्सरका विरामी, ६ जना मुटु रोगी, ५ जना मृगौलाका विरामी, २ जना हेडईन्जुरीका विरामी र १ जना स्पाईनल ईन्जुरीका विरामीलाई सिफारिस गरेको हो ।’ 

गत आर्थिक बर्षमा नगरपालिकाले १८ जना क्यान्सरका विरामी, १७ जना मुटु रोगका विरामी, १२ जना मृगौलाका विरामी, २ जना हेडईन्जुरी र १ जना अन्जाईमर्सका विरामीलाई सिफारिस दिएको बोहोराले जानकारी दिनु भयो । उहाँका अनुुसार नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका दीर्घ तथा कडा रोग लागेका नागरिकलाई उपचारको सिफारिस गर्दै आएको छ ।

No comments:

Post a Comment