अन्तरङ्ग सम्वाददाता
सुन्दरबजार(लमजुङ)– सुन्दरबजार चेम्बर अफ कमर्सले थालनी गरेको ‘अक्सिजन सिलिन्डर अभियान’मा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । सुन्दरबजार नगरपालिका– ७ तार्कुटार निवासी युवा व्यवसायी रबिन्द्र मिश्रले एक लाख रुपैयाँ दिने प्रतिवद्धता जेठ ९ गते व्यक्त गर्नु भएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका– ७ तार्कुटार निवासी पिता कृष्ण मिश्र र माता नीरमाया मिश्रको छोरा हाल जापानको टोकियोमा १३ वटा रेस्टुरेन्ट सफल रुपमा सञ्चालन गर्ने युवा परोपकारी मनका धनी युवा व्यवसायी वरिष्ठ समाजसेवी रबिन्द्र मिश्रले आफ्ना स्वर्गीय हजुरआमा दमन्तकुमारी मिश्र (जमदार्नी आमा)को स्मृतिमा एकलाख रुपैयाँ पठाउने फोनबाट जानकारी दिनु भएको छ । उहाँले अन्तरङ्ग न्युज डटकममा जेठ ७ र ८ गते प्रकाशित समाचार पढेपछि सहयोग गर्ने बिचार आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जब अन्तरङ्ग अनलाइनमा समाचार पढे अनि ममा भित्रबाट नै वर्तमान परिवेशमा आफ्नो गाउँ, समाज, देशमा केही गर्नु पर्छ भन्ने मानवीय भावना जाग्यो र यो रकम पठाएको हुँ ।’
यस अवसरमा ‘यो पवित्र अभियान सञ्चालन गर्ने सुन्दरबजार चेम्बर अफ कमर्स र त्यस अभियानका बारेमा सबैलाई विश्वभर जानकारी गराउने अन्तरङ्ग न्युजलाई विशेष धन्यवाद दिन चाहुन्छु’ मिश्रले भन्नुभएको छ ।
वरिष्ठ समाजसेवी रबिन्द्र मिश्रले गत बर्ष ब्रेन ट्युमरको अपरेसनका लागि सुन्दरबजार– ७ पाखाटार निवासी सोमबहादुर गुरुङलाई एक लाख रुपैयाँ सहयोग गर्नु भएको थियो । यसैगरी, त्यसअघि उहाँले सुन्दरबजार नगरपालिका– ६ निवासी आइतिमाया तामाङको क्यान्सरको उपचारका लागि बीस हजार रुपैयाँ सहयोग गर्नु भएको थियोे । समाचारका साथमा सहयोगी मिश्र र उहाँकी हजुरआमाको फोटो संलग्न छ ।
यसअघि, सुन्दरबजारकै दुई मनकारी व्यक्तिहरूबाट क्रमशः र ५० हजार र २० हजार रुपैयाँ संकलन भइसकेको छ ।


No comments:
Post a Comment