अन्तरङ्ग संवाददाता
तीनपिप्ले(लमजुङ)– कोरोना भाइरस (कोभिड १९) को दोस्रो प्रकोप बढ्दै गएपछि राइनास नगरपालिकाले पनि अत्यावश्यक सेवा बन्द गरेको छ । एक विज्ञप्ति जारी गरी अत्यावश्यक सेवा बाहेकको सबै सेवा बैशाख २४ गतेदेखि मसान्त अर्थात ३१ गतेसम्म बन्द गरेको हो ।
नगरपालिका क्षेत्रमा कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि नगरपालिका बन्द गरिएको नगरपालिकाले जनाएको छ । रोकोराना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका बन्द गरिएको नगरपालिका मेयर सिंहबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार नगरपालिका र नगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूबाट दिइने सेवा बन्द गरिएको छ तर स्वास्थ्य संस्थाहरुबाट सम्पादन हुने अत्यावश्यक सेवाहरू (स्वास्थ्य सेवा, निर्माणधीन विकास निर्माणका कार्यहरु तथा कार्यालयको प्रशासनिक भवन निर्माणका कार्य) सुचारु रहने छन् । पालिकाभित्रका सबै शैक्षिक संस्थाहरू तथा अन्य प्रशासनिक सेवाका कार्य बैशाख २४ गतेदेखि ३१ गतेसम्मका लागि बन्द गरिएको मेयर थापाले जानकारी दिनुभयो ।
नगरपालिकाले कोभिड– १९ को संक्रमणबाट सुरक्षित रहन संवेदशील हुन, स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरू पालना गरी सरकारी निकायबाट गरिएका आदेश तथा निर्देशनहरू पूर्ण रुपामा पालना गर्न नगरबासीमा अनुरोध गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले बताउनु भयो । उहाँका अनुसार कोरोना संक्रमण जोखिम बढ्दै गएपछि सतर्कता अपनाइएको हो । उहाँले भन्नुभयो, ‘स्थानीयमा कोरोना संक्रमण देखिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका बन्द गरिएको हो ।’ कुनैपनि आपतकालीन अवस्था आइपरेमा नगर प्रमुखसंग समन्वय गरी कोभिड– १९ को रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न नगरबासीमा अनुरोध गरेको अधिकारीले बताउनु भयो ।
अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, प्रशस्त्र मात्रामा पानी तथा झोलिलो कुराहरू पिउने, शारीरिक ब्यायाम गर्ने, सन्तुलित भोजनको सेवन गर्न नगरपालिकाले अनुरोध गरेको छ । त्यस्तै, विदेश तथा बाहिरी जिल्लाबाट आएका व्यक्तिहरू अनिवार्य रुपमा १० दिन होम आइसोलेसनमा बस्न, कोभिड १९ संग मिल्दाजुल्दा लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न गराउन नगरपालिकाले निर्देशन गरेको छ ।
नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह भएका सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति नगरपालिकाले क्षमा याचना गरेको छ ।
No comments:
Post a Comment