अन्तरङ्ग संवाददाता
नेपालगञ्ज– स्वतन्त्र पत्रकार संघ नेपाल बाँके जिल्ला शाखाले नयाँ बर्ष २०७८ को बार्षिक क्यालेन्डर प्रकाशन गरेको छ । वरिष्ट पत्रकार एवम् स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षदद्वय निरज गौतम र कमल बिके निर्मोहीले उक्त क्यालेण्डरको एक कार्यक्रमका बीचमा जेठ ३ गते विमोचन गर्नु भयो ।
‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नु’ भन्ने मुल नाराका साथ पत्रकारिता क्षेत्रमा साधनारत संघमा आवद्ध पत्रकारहरूको क्रियाशीलतामा उक्त क्यालेन्डर प्रकाशन गरिएको हो । क्यालेन्डर कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षद वरिष्ट पत्रकार निरज गौतमले क्यालेण्डरको विमोचन गर्दै अन्य पत्रकारको तुलनामा फरक पहिचान बनाउन सफल स्वतन्त्र पत्रकार संघले कोभिडको संक्रमणका बीच क्यालेन्डर प्रकाशन कार्य उपलब्धीपूर्ण रहेको बताउनु भयो । उहाँले संघले मिठा कामहरू गरेर सामाजिक उत्तरदायित्व पुरा गरिरहेको भन्दै खुशी व्यक्त गर्नु भयो ।
यसैगरी उक्त अवसरमा संघको अर्का राष्ट्रिय पार्षद वरिष्ट पत्रकार कमल बिके निर्मोहीले स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले भित्ते पात्रो प्रकाशन गरेकोमा शाखालाई बधाई ज्ञापन गर्नु भयो ।
स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा उहाँले क्यालेण्डर प्रकाशन शाखाले आन्तरिक स्रोतबाट गरेको जानकारी दिनु हुँदै त्यसको प्रकाशन कार्यका सहयोगी र विमोचन कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
संघका सदस्य हेमराज भट्टले सञ्चालन गर्नु भएको विमोचन कार्यक्रममा बाँके शाखाका राष्ट्रिय पार्षदहरू, शाखाका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।


No comments:
Post a Comment