फेरि जारी भयो जिल्ला प्रकाशनको कहिल्यै कार्यान्वयन हुने निर्देशन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, May 13, 2021

फेरि जारी भयो जिल्ला प्रकाशनको कहिल्यै कार्यान्वयन हुने निर्देशन

अन्तरङ्ग संवाददाता

बेसीशहर– लमजुङको बजार अनुगमनका क्रममा देखिएका कमीकमजोरी सुधार गर्न पटकै पिच्छे दिने निर्देशन आजका मितिसम्म कार्यान्वयन भएको पाइएको छैन । आज फेरि त्यस्तै निर्देशन प्रकाशन कार्यालयबाट आज विहान गरिएको अनुगमन पछि बैशाख २९ गते जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उक्त कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रको संयोजकत्वमा जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका– ७ र ८ का चार वटा होलसेल तथा खुद्रा पसलको अनुमग गरिएको उल्लेख गर्दै निम्नानुसारको निर्देशन दिईएको बताइएको छ ।

चार बुँदे उक्त निर्देशनमा– १) कोभिड– १९ को यस विषम परिस्थितिमा दैनिक उपभोग्य वस्तुहरूको कृतिम अभाव सिर्जना गरी तोकिएकोभन्दा बढी मूल्यमा विक्री वितरण नगर्न, २) प्रत्येक सामानको मूल्यसूचि अनिवार्य रुपमा राख्न । ३) अनिवार्य रुपमा खरिद विल र बिक्री विल राखी कारोबार गर्न र कोभिड– १९ सँग सम्बन्धित र ४) निर्धारित सबै स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्णरुपमा पालना गरी तोकिएको समयमा व्यवसाय सञ्चालन गर्न भनिएको छ । 

साथै, कृतिम अभाव देखाई दैनिक उपभोग्य सामानहरू बढी मूल्यमा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कडा कारवाही हुने सम्बन्धित सबैलाई जानकारी गराइएको व्यहोरा समेत अनुरोध छ प्रजिअ होमप्रसाद लुइटेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । 

लमजुङ जिल्लामा जहिले जुन मितिमा बजार अनुगमन गरिएता पनि पहिलो पटक भन्ने प्रचलन रहि आएको छ । पहिलो पटक गरिएको अनुगमन गरेको रकेर्ड कहिल्यै नराखिने र अघिल्लो पटक के भएको थियो र पछिल्लो पटक जाँदा र अघिल्लो पटकको बीचमा के उपलब्धी भयो ? भन्ने कहिल्यै तुलनात्मक मूल्यांकन कहिल्यै नुहने गरेको हुँदा यस्ता निर्देशन दालभात सरह हुने गरिआएका छन् । 

स्मरणीय छ, २ र ३ नंबरका बुँदाको निर्देशन जिल्ला प्रशासन कार्यालयले दिन थालेको वर्षौ भयो तर त्यसको कार्यान्वयन भएको खासै पाइदैन । त्यसमा पनि यसअघिका निर्देशनमा ‘प्रत्येक सामानको विक्री मूल्य पसलमा देखिने गरी टाँस गर्न’ भनिन्थ्यो । यसपटकको निर्देशनमा ‘देखिने स्थानमा टाँस गर्न’ नभनि ‘मूल्य सूचि अनिवार्य रुपमा राख्न’ भनिएको छ । त्यस्तो सूचि फायल वा दराय या अन्य नदेखिने ठाउँमा राख्ने र अनुगमनमा जाँदा मात्र देखाउने गर्न भनिएको भन्ने अर्थ लगाउनेको संख्या पनि प्रसस्तै भेटिएको छ । त्यसैले उक्त निर्देशन के कति पालना हुनेको त्यो हेर्न भने केही दिन कुर्नुपर्ने भएको छ । 

No comments:

Post a Comment