पर्यटकीय सिउरुङ गाउँमा भालुको आक्रमणबाट गम्भीर घाइते महिलाको, पोखरा रिफर - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, May 13, 2021

पर्यटकीय सिउरुङ गाउँमा भालुको आक्रमणबाट गम्भीर घाइते महिलाको, पोखरा रिफर

अन्तरङ्ग संवाददाता

खुदी(लमजुङ)– लमजुङको पर्यटकीय सिउरुङ गाउँकी एक महिला भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छिन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका– ३ को सिउरुङ गाउँकी ४५ वर्षीया आइतकुमारी गुरुङ बैशाख ३० गते दिउँसो जंगलमा घाँस काट्ने क्रममा भालुको आक्रमणबाट घाइते हुनुभएको हो ।


आइतकुमारी सिउरुङ गाउँभन्दा माथि च्याल्दो जंगलमा घाँस काट्न जानु भएको थियो । एक्लै जंगलमा घाँस काट्ने क्रममा आमालाई भालुले आक्रमण गरेको आइतकुमारीका छोरा तुलराज गुरुङले बताउनु भयो । घाइते महिलाको उपचारका लागि खुदी स्वास्थ्य चौकी ल्याएकोमा त्यहाँ प्रार्थमिक उपचार गरी जिल्ला अस्पतालमा रिफर गरिएको खुदी स्वास्थ्य चौकीका अनमी खुशीमाया गुरुङले जानकारी दिनुभयो । घाइते महिला स्थानीय लताकुञ्ज आधारभूत विद्यालयमा कार्यालय सहायक रहेको सो विद्यालयका प्रधानाध्यापक उमर गुरुङले बताउनु भयो । 

घाइते महिलाको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार घाइते महिलाको अनुहारमा आँखाको नजिक भागमा, देब्रे पाखुरा र छातीमा समेत ठूलै चोट रहेको छ । उहाँले भन्नुभयो, ‘ती महिलाको शरीरबाट धेरै रगत बगेको छ त्यसैले थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।’

No comments:

Post a Comment