अन्तरङ्ग पढ्ने संख्या डेढ लाख नाघ्यो - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, May 13, 2021

अन्तरङ्ग पढ्ने संख्या डेढ लाख नाघ्यो

अन्तरङ्ग संवाददाता

लमजुङ– लमजुङको जेठो पत्रिका अन्तरङ्ग परिवारद्वारा सञ्चालन गरिएको www.antaranganews.com (ब्लग)मा समाचार हर्ने संख्या डेढ लाख नाघेको छ । यो समाचार तयार गर्दै गर्दा बैशाख ३० गते मध्यान्ह २.३० बजेको समयमा www.antaranganews.com पढ्ने संख्या एक लाख ५०हजार २३१ पुगेको हो । 

यसअघि गत फागुन १३ गतेका दिन साँझ ६ बजे अन्तरङ्गको उक्त ब्लग हेर्ने संख्या एक लाख पुगेको थियो । उक्त ब्लगलाई आजको दिनमा ९५९ जनाले हेरेका छन् भने हिजो बैशाख २९ गतेका दिन ४ हजार १४८ जनाले हेरेका थिए । यसैगरी, गत महिनामा १५ हजार २७१ पटक पढिएको अन्तरङ्ग यो ब्लग बैशाख महिनाको अहिलेको अवधिसम्म १९ हजार ९४५ पटक पढिएको छ । 

लमजुङमा २०४९ सालदेखि प्रकाशन हुँदै आएको अन्तरङ्गले एक वर्ष अघिदेखि आधिकारिक रुपमा ब्लगको सञ्चालन गर्न थालेको हो । यसको सूचना विभागमा अनलाइन दर्ताको प्रक्रिया पनि शुरु भएको छ । कोरोनाको दोस्रो प्रकोप शुरु भएका कारण भएको बन्दबन्दीले सो कार्य प्रभावित भएको हो । 

अन्तरङ्ग आफ्नै जिल्ला अर्थात लमजुङमा बसेर पत्रकारिता गर्नु पर्छ भन्ने अवधारणको विकास गराउन चाहनु हुने र सो कार्यलाई व्यवहारमै गरी देखाउनु हुने वरिष्ठ पत्रकार नवराज पहाडीले शुरुका दिनदेखि नै सम्पादन तथा प्रकाशन गर्दै आउनु भएको छ । 

२०४९ सालमा द्वैमासिकका रुपमा दर्ता भएको अन्तरङ्ग एक वर्षपछि पाक्षिक भएको थियो र पाक्षिक प्रकाशनको सात वर्षपछि साप्ताहिकमा परिवर्तन भएको हो । साप्ताहिक रुपमा प्रकाशन हुन थालेपछि हरेक विहीबारका दिनमा प्रकाशन हुँदै आएको छ । अन्तरङ्ग पछिल्ला पाँच वर्षदेखि क वर्गमा वर्गीकृत हुँदै आएको छ । 

पठाक वर्गलाई थाहै छ, अन्तरङ्ग वस्तुनिष्ठ पत्रिकाका रुपमा स्थापित छ । 

No comments:

Post a Comment