‘देशलाई दुर्घटनातर्फ धकेल्ने अपराधलाई जनताले क्षमा गर्ने छैनन्’ : पूर्वराजा ज्ञानेन्द्र - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, May 22, 2021

‘देशलाई दुर्घटनातर्फ धकेल्ने अपराधलाई जनताले क्षमा गर्ने छैनन्’ : पूर्वराजा ज्ञानेन्द्र

अन्तरङ्ग सम्वाददाता

काठमाडौं– संसद विघटन र त्यसपछि सिर्जित घटनाक्रमलाई पूर्व राजा ज्ञानेन्द्रले अपराधको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै पूर्वराजाले जेठ ८ गते बताउनु भएको हो ।

पूर्वराजाले ट्विटर ‘सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् ।’ उल्लेख गर्नु भएको छ । त्यसमा भनिएको छ, ‘यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनीति जालझेल सिर्जना गरी, जनताको स्वास्थ्यजस्तो गम्भीर समस्यालाई थाँति राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् ।’

No comments:

Post a Comment