म्यानमारमा प्रजातन्त्रको मुद्दा थप पेचिलो : सुकीको पार्टी खारेजीको तयारी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, May 22, 2021

म्यानमारमा प्रजातन्त्रको मुद्दा थप पेचिलो : सुकीको पार्टी खारेजीको तयारी

एजेन्सी– 

म्यानमारमा प्रजातन्त्रको मुद्दा थप पेचिलो बन्दै गएको छ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) खारेज हुने संघारमा पुगे पछि त्यस्तो संकेत देखिएको हो । त्यहाँको निर्वाचन आयोगले सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी)लाई खारेज गरिदिने तयारी गरेको जेठ ८ गते खुलासा भएको हो ।

म्यानमारमा सेनाले शिर्ष नेताहरूलाई बन्दक बनाउदै सत्ता नियन्त्रणमा लिएर अहिले आफै शासन गरिरहेको छ । प्रजातन्त्रका विरद्ध कु गरेको सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग राजधानीमा भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफूहरूले विचार गरिरहेको जानकारी दिएका हुन् । उनले भने, ‘गत वर्ष भएको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउँदै सो पार्टी खारेज गर्ने बारेमा विचार गरिएको छ ।’ 

‘सो पार्टीले अरु पनि अवैधानिक कामहरू गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ,’ उनले बैठकमा भने । 

गत वर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो । त्यतिबेलाको निर्वाचन धाँधलीपूर्ण भएकाले फेरि अर्को निर्वाचन गर्नुपर्ने भन्दै म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएको छ । त्यस निर्वाचनलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउदै आएको छ । 

सेनाले गत फेब्रअरी १ मा शासन हातमा लिएपछि त्यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ । म्यानमारमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा सयौं संख्यामा नागरिकले ज्यान गुमाएका छन् ।

No comments:

Post a Comment