त्रिमूर्ति निकेतनका पुरस्कार र पदक हस्तान्तरण कार्यक्रम स्थगित - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, May 12, 2021

त्रिमूर्ति निकेतनका पुरस्कार र पदक हस्तान्तरण कार्यक्रम स्थगित

अन्तरङ्ग संवाददाता

काठमाडौं– कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपका कारण पुन नेपाली जनजीवन अस्तव्यस्त भएको छ । यस्तो सङ्कटपूर्ण विषम परिस्थितिलाई ध्यानमा राख्दै त्रिमूर्ति निकेतनले बैशाख २९ गते आयोजना गर्ने त्रिमूर्ति दिवसको विशेष कार्यक्रम स्थगित यसअघिनै घोषणा गरिसकेको छ ।


 त्रिमूर्ति निकेतनबाट घोषित २०७७ सालका पुरस्कार र पदक शताब्दी पुरुष सत्यमोहन जोशीको १०२औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै समर्पण गरिने कार्यक्रम तया भएकोमा हाललाई सो कार्यक्रम स्थगित गरिएको हो । 

त्रिमूर्ति निकेतनले विविधक्षेत्रका विभिन्न महानुभावलाई पुरस्कार र पदक समर्पण गर्ने कार्यक्रम तया गरेको थियो । जसमा शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको थियो । उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको थियो । त्यस्तै, तारानाथ दाहाललाई ‘भद्र घले पदक’ हस्तान्तरण गर्ने निर्णय भएको थियो । उक्त पुरस्कारको राशि पच्चीस हजार रुपैयाँ रहेको त्रिमूर्ति निकेतन सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार सो अवसरमा विभिन्न व्यक्तित्वलाई ‘सत्यमोहन जोशी शताब्दी पदक’द्वारा सम्मान गर्ने समेतको कार्यक्रम तय भएको थियो । 

त्यसरी सम्मानित हुनुहुनेमा सर्वश्री अजरमान जोशी, अनुकृतिका, अमर मिरिङचिङ, अनुराधा थापा, आभा श्रेष्ठ कर्ण, डा.कञ्चनजङ्घा प्रसाई, कलाधर काफ्ले, कावेरी जोशी, केशवराज जोशी, कृष्णगोपाल श्रेष्ठ, गङ्गा मुल्मी, गोपालनाथ योगी, चन्द्रा ओडारी, ढण्डुराज घिमिरे, दुर्गा वनवासी, देवकी श्रेष्ठ, नरेन्द्रराज पौडेल, नृपेन्द्रलाल श्रेष्ठ, पूर्ण लामा हुनुहुन्छ । यसैगरी, अन्य सम्मानित व्यक्तत्वमा पूर्णकला लिम्बू, प्रमोद प्रधान, प्रा.प्रेमशान्ति तुलाधर, प्रा.डा.बालमानसिंह कार्की, मणि लोहनी, मनोज बर्मा, मीना बज्राचार्य, यमुना श्रेष्ठ, युवराज नयाँघरे, रमण घिमिरे, राजकुमार रेग्मी, राजितबहादुर श्रेष्ठ, डा. लेखप्रसाद निरौला, वसन्तकुमार चौधरी, विराजकाजी राजोपाध्या, विन्दा रखाल, प्रा.डा.वीणा पौड्याल, शान्तराज शाक्य, शान्ति शर्मा, डा. शैलेन्दुप्रकाश नेपाल, प्रा.डा. सावित्री कक्षपती, सुनील महर्जन, प्रा.डा. सुरज बज्राचार्य, सुरेन्द्रभक्त श्रेष्ठ, ज्ञानु अधिकारी र ज्ञानेन्द्र विवस रहनु भएको त्रिमूर्ति निकेतन सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभएको छ । उहाँका अनुसार कोभिडको संक्रमण मत्थर भएपछि अनुकुल समयमा कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार र सम्मान समर्पण गरिनेछ । 

No comments:

Post a Comment