अन्तरङ्ग संवाददाता
बेसीशहर– लमजुङमा कोरोना भाइरस (कोभिड– १९)को दोस्रो प्रकोप फैलिरहेको छ । आज बैशाख २४ गतेका दिनमा मात्र १६ जना नयाँ संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय लमजुङद्वारा जारी विज्ञप्ति अनुसार जिल्लामा बैशाख १ गतेदेखि आजसम्म कुल ७८ जना संक्रमित फेला परेको उललेख छ । उनीहरू सबै कन्ट्याक टे«सिङका आधारमा परीक्षण गर्दा फेला परेका हुन् । उनीहरूको उमेर १५ वर्षदेखि ६६ वर्ष रहेको छ । उनीहरू दुवै महिला हुन् भने संक्रमित पुरुषको उमेर पनि १५ वर्षदेखि ६४ वर्षसम्म रहेको छ । आज थपिएका नयाँ संक्रमित मध्ये ७ जना महिला छन् ।
नयाँ फेला परेका संक्रमितमध्ये राइनास नगरपालिकाका ९ जना दूधपोखरीका ३ जना र मध्यनेपाल नगरपालिकाका ३ जना र राइनास नगरपालिका बस्ने भानु नगरपालिका– ८ तनहूँकी ३५ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राइनास नगरपालिका– १ का संक्रमितको उमेर २८ र ३८ रहेको छ । उनीहरू दुवै पुरुष हुन् । त्यस्तै, सोही नगरपालिका– ७ का १५, १९, ३८ र ६८ वर्षका पुरुष छन् भने सोही वडाका महिला संक्रमितको उमेर १५, ४० र ६६ रहेको छ ।
यसैगरी, मध्यनेपाल नगरपालिका– ४ जनामा वडानं– ३ का वर्ष ४१ का पुरुष, वडानं– ६ का वर्ष ३१ की महिला र वडानं– ७ का ५१ वर्षका पुरुष संक्रमित भएका छन् ।
उता, दूधपोखरी गाउँपालिकामा ३ नजा संक्रमित भएका मध्ये वडानं– १ निवासी ५५ वर्षीय महिला र वडानं– २ का २४ र ६४ वर्षका पुरुष संक्रमित छन् ।
उनीहरू सबैको अवस्था सामान्य रहेको र सबै होमआइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत जगदिश मिश्रद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
No comments:
Post a Comment