तीन स्रष्टा सम्मानित : छनौट आधारमा प्रश्न - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, May 7, 2021

तीन स्रष्टा सम्मानित : छनौट आधारमा प्रश्न

अन्तरङ्गको वर्ष– २९, अंक– ३७, बैशाख २३ गते(२०७८) प्रकाशित 

लमजुङ– सुन्दरबजार नगरपालिकाले आफ्नो नगरभित्रका ३ स्रष्टालाई सम्मान गरेको छ । तर त्यसको आधार भने प्रष्ट नभएको बताइन्छ । 

कार्यक्रममा ऐतिहासिक सुन्दरबजार पुस्तकका लेखक रामबहादुर केसी र ‘ड्रिम गर्ल’ उपन्यासका लेखक प्रेम भट्टराई र सुन्दरबजार नगरपालिकाले वृत्तचित्रका निर्देशक निश्चल ढकाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । नगरपालिकाका मेयर जनकराज मिश्र, वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवर, नगर उपप्रमुख ज्ञानु शाहलगायतले टीका, दोसल्ला सहित उहाँहरूलाई सम्मान गर्नु भएको हो ।  

रामबहादुर केसीले सुन्दरबजारय नगरपालिकाको ऐतिहासिक परिवेशलाई झल्काउने गरी ‘ऐतिहासिक सुन्दरबजार पुस्तक लेख्नु भएको छ । उहाँको यो दोस्रो कृति हो । त्यस्तै, नगरपालिका भित्रका पर्यटकीय, ऐतिहासिक तथा साँस्कृतिक महत्वका ठाउँको प्रचारप्रसार र प्रवद्र्धनका लागि नगरपालिकाले वृत्तचित्र तयार गरेको छ । वृत्तचित्रमा निश्चल ढकालले निर्देशन गर्नु भएको छ । ‘ड्रिम गर्ल’ प्रेम भट्टराईको पहिलो कृति हो । लमजुङमा उपन्यासकारको खडेरी छ । 

स्रष्टाहरू उपेक्षित भइरहेको वर्तमान अवस्थामा स्थानीय सरकारद्वारा उनीहरूको सम्मानको काम हुनु अति राम्रो हो तर पुराना स्रष्टाहरूलाई बिर्सिएर नयाँलाई मात्र सम्मान गर्नुले कस्तो संस्कार बसाउन खोजिएको हो ? त्यो दृश्यले एक संगीन प्रश्न उब्जाएको छ । 

सुन्दरबजार नगरपालिका २०४३ मै नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने वार्षिक काविता महोत्सवमा पुरस्कृत हुनुहुने गोविन्दबहादुर कुँवरदेखि बयोबृद्ध यदुनाथ सरल, तिर्थराज अधिकारी तथा राष्ट्रिय कलाकारहरू कृष्ण सुधा, कृष्ण गुरुङ, बीमाकुमारी दुरादेखि उदीयमान गायक अनुज अधिकारी आदिको समेत बसोबास भएको थलो हो । 

No comments:

Post a Comment