कोरोनाको प्रकोप : एकै दिन थपिए ७१ जना नयाँ संक्रमित, तीमध्ये १९ जना दुराडाँडाका, कुल संक्रमित संख्या ४७२ - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, May 23, 2021

कोरोनाको प्रकोप : एकै दिन थपिए ७१ जना नयाँ संक्रमित, तीमध्ये १९ जना दुराडाँडाका, कुल संक्रमित संख्या ४७२

अन्तरङ्ग संवाददाता 

बेसीशहर– लमजुङमा कोरोना भाइरसका एकै दिन थपिए ७१ जना नयाँ संक्रमित पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालयबाट जेठ ९ गते ५ बजे जारी गरिएको विज्ञप्तिमा सो विवरण उल्लेख छ । योसँगै जिल्लामा कुल संक्रमित संख्या ४७२ पुगेको छ । 

संक्रमितमध्ये सबैभन्दा कम उमेरमा ९ वर्षका बालिकादेखि ८५ वर्षीय महिला छन् । उनीहरू क्रमशः बेसीशहर नगरपालिका– ६ र सुन्दरबजार नगरपालिका– ३ का हुन् । त्यस्तै, आज पुष्टि भएका सबैभन्दा धेरै संक्रमित सुन्दरबजार नगरपालिकाका ३८ जना छन् । सो नगरपालिकाको पनि दुराडाँडाका १९ जना अर्थात वडानं– ३ का १८ मध्ये १० जना महिला छन् भने वडानं– ११ का ६० वर्षका  छन् । त्यसबाहेक बेसीशहर नगरपालिकाका १४ जना, मर्स्याङ्दी गाउँपालिकाका १० जना छन् भने दोर्दी गाउँपालिकाका ६ जना छन् । यसैगरी, राइनास नगरपालिकाका ३० वर्षका एक पुरुष छन् भने भानु नगरपालिकाका लमजुङ बस्ने एकजना ४५ वर्षका पुरुष छन् ।

बेसीशहर नगरपालिका– १ को २६ र ७० वर्षका पुरुष, वडानं– २ का ४२ र ५४ वर्षका पुरुष, वडानं– ६ का ९ बालक र ५७ वर्षका पुरुष छन् । त्यस्तै, वडानं– ७ का ४८ र ५८वर्षका पुरुष तथा २६ र ४२ वर्षका महिला छन् । सोही नगरपालिका– ८ का ३९ र ५६ वर्षका महिला र १४, ४२ र ४५ वर्षका पुरुष छन् । 

दोर्दी गाउँपालिका– १८, ३० र ३७ वर्षीय महिला र वडानं– ३ का ३५, ४८ र ५६ वर्षका पुरुष संक्रमित भएको पुष्टि भएको छ । 

सुन्दरबजार नगरपालिका– २ का २६ र ४७  वर्षका पुरुष तथा २३ र ४० वर्षीय महिला छन् ।  वडानं– ३ का २०, २२ वर्षका दुईजना, २३, २४, २८, ३० र ४३  वर्षका पुरुष तथा १९, २०, २१ का दुईजना, २५ का २ जना, २६ वर्षका ३ जना र ८५ वर्षीय महिला छन् । 

सोही नगरपालिका– ५ का ३८ वर्षीय महिला र ५५ वर्षका पुरुष, वडानं– ६ का २५, ४३ र ६१ वर्षका पुरुष तथा २३, ३९, ४० र ४४ वर्षीय महिला छन् । त्यस्तै, वडानं– ७ का ६९ वर्षका संक्रमितको लिंग खुलेको छैन । वडानं– ८ का ४३ वर्षीय महिला र ४७ वर्षका पुरुष छन् । यसैगरी, वडानं– ९ का ६० वर्षीय महिला तथा ४० र ६४ वर्षका पुरुष रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्ताखत गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।  

आज पुष्टि भएको एक दिन पुष्टि हुने संख्यामा दोस्रो हो । यसअघि जेठ ३ गतेका दिन ७२ जनामा संक्रमण पहिचान भएको थियो । त्यसैगरी, जेठ ५ गतेका दिन ५० जनामा संक्रमण पुष्टि भएको थियो । 

यसैगरी, आज २ जनाको निधन भएको छ । निधन हुनेमा बेसीशहर नगरपालिका– १ का ६२ वर्षका पुरुष छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको बताइएको छ । यसैगरी, सुन्दरबजार नगरपालिका–  

३ का ८५ वर्षीय महिलाको उपचारका लागि पोखरा लग्दै गर्दा बाटोमा निधन भएको उक्त विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको उल्लेख छ । तीमध्ये ६ जनाको जिल्ला बाहिर निधन भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्ताखत गर्नु भएको विज्ञप्तिमा जनाइएको छ । 

No comments:

Post a Comment