अन्तरङ्ग संवाददाता
बेसीशहर– लमजुङमा एकैदिन कोरोना नयाँ भेरियन्टको संक्रमण ११ जना संक्रमित भएको पुष्टि भएको छ । जिल्लामा कोरोना भाइरस (कोभिड १९) का सक्रिय संक्रमित कुल संख्या ३४ पुगेको बैशाख २० गते खुलासा भएको हो ।
थप भएका संक्रमित सबै कन्ट्रयाक्ट टे«सिङको आधारमा स्वाब संकलन गरिएकाहरू हुन् । थप भएका संक्रमितमध्ये ६ पुरुष र ५ महिला रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरू सबैको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा कोरोना परीक्षण गरिएको थियो । सो कार्यालयका अनुसार राइनास नगरपालिका ७ का ४२ बर्षीय, ३० बर्षीय, १८ बर्षीय २ पुरुष १७ बर्षीय, ५२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । राइनास नगरपालिका– ७ कै ३०÷३० बर्षीया दुई महिला, २३ बर्षीया, २० बर्षीया र १५ बर्षीयामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यो तथ्यांकसंगै लमजुङमा कोरोना संक्रमितको संख्या ३४ पुगेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले बताउनुभयो । उहाँका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको होम आइसोलेसनमा राखिएको छ । उहाँले भन्नुभयो, ‘लमजुङमा कोरोना भाइरस (कोभिड १९) का सक्रिय संक्रमित ३४ जना रहेका छन् ।’ यो नयाँ वर्ष अर्थात बैशाख १ गते पछिको तथ्यांक हो । जस अनुसार संक्रमितमध्ये महिला १३ जना र पुरुष २१ जना छन् ।
प्रशासनले दिएको जानकारी अनुसार राइनास नगरपालिकाका ६ महिला र ६ पुरुष रहेका छन् । एक महिलाको निधन भएको छ । बेसीशहर नगरपालिकाकाका ५ महिला र ४ पुरुष गरी ९ जना छन् । सुन्दरबजार नगरपालिका ३ जना संक्रमित छन् । उनीहरु तिनै जना पुरुष हुन् ।
दूधपोखरी गाउँपालिकाका ६ जना पुरुष, मस्र्याङदी गाउँपालिकाका १ महिला छन् । महोत्तरी घर भई बेसीशहर नगरपालिकामा बस्दै आएका एक पुरुष समेत संक्रमित भएका छन् । त्यस्तै, मध्यनेपाल नगरपालिकाका एक महिला र एक पुरुष छन् । उनीहरू सबैको सम्पर्कका आधारमा स्वाव संकलन गरी परीक्षण गरिएको थियो । संक्रमतिको कोरोना जाँच पीसीआर र एन्टीजेनबाट परीक्षण गरिएको थियो ।
यतिबेला, चार जना पोखरा, २ जना चितवनको आइसोलेसनमा छन् । अन्य संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत अमर दवाडीले बताउनुभयो । उहाँका अनुसार लमजुङबाट बैशाख महिनामा पीसीआर परीक्षणका लागि ९७ जनाको स्वाव पठाएकोमा हालसम्म १६ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । जिल्ला बाहिर गएर परीक्षण गरिएका ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यसैबीच, लमजुङमा बैशाख २० गतेसम्मको रेकर्ड अनुसार बैशाख महिनामा कोरोना परीक्षण गरिएकामध्ये हालसम्म ३४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका अधिकृत दीपक बोम्जनले बताउनु भयो । उहाँका अनुसार लमजुङ बाहिर उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै, लमजुङ जिल्ला अस्पतालमा २९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १० जनाको पोजेटिभ आएको र अन्यको नेगेटिभ रिपोर्ट आएको थियो ।

No comments:
Post a Comment