लमजुङका तीन वडामा आजदेखि निषेधाज्ञा : विद्यालय बन्द गर्न प्रशासनको निर्देशन, टेरेनन् स्थानीय तहले - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, May 3, 2021

लमजुङका तीन वडामा आजदेखि निषेधाज्ञा : विद्यालय बन्द गर्न प्रशासनको निर्देशन, टेरेनन् स्थानीय तहले

अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङका तीन वडामा निषेधाज्ञा जारी गर्नुका साथै विद्यालय बन्द गर्न स्थानीय तहलाई निर्देशन गरेको छ । निषेधाज्ञा बैशाख २१ गतेदेखि लागु भएको हो । तर स्थानीय तहले त्यो निर्देशन आज बिहानसम्म पालना गरेका सूचना जारी भएको छैन । 

प्रजिअ एवं जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका संयोजक होमप्रसाद लुइटेलको अध्यक्षतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । सो समितिले विभिन्न ७ निर्णय गरेको छ । जसको बुँदानं २ मा दूधपोखरी गाउँपालिका– १ र २, राइनास नगरपालिका– ७ मा अति आवश्यकीय सेवा बाहेक अन्य सबै सेवाहरू बैशाख २१ गतेबाट एक साताका लागि बन्द गर्नका लागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको उल्लेख छ । त्यस्तै , सोही बैठकको बुँदानं ६ मा हाल सञ्चालनमा रहेका विद्यालयहरू अविलम्ब बन्द गर्नका लागि सम्बन्धित स्थानीय तहलाई निर्देशन दिने भनिएको छ । तर यसको कार्यान्वयन नगर्नेमा बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी गाउँपालिका, मस्र्याङ्दी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिका रहेका छन् । 

मध्यनेपाल, नगरपालिका, राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकाले यसअघि नै विद्यालय बन्द गराई सकेका छन् ।

No comments:

Post a Comment