अन्तरङ्ग संवाददाता
भोर्लेटार(लमजुङ) । लमजुङमा सदरमुकाम बाहिर रहेको एक नगरपालिकाले कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपका क्रममा सर्वसाधारणको साथमा रहेको उदघोष गर्दै व्यवहारमा समेत त्यस्तो कार्य गरिआएको छ । आर्थिक कारणले उपचार गर्न नसक्नेलाइै ५ हजारदेखि २५ हजारसम्म सहयोग गर्ने घोषणा मध्यनेपाल नगरपालिकाले गरेको छ ।
यसअघि अक्सिजन सहितको पाँच बेडको कोभिड अस्पताल समेत आफ्नै पहल र खर्चमा सञ्चालनमा ल्याएको मध्यनेपाल नगरपालिकाले कोभिड– १९ को दोस्रो प्रकोपबाट बचाउनका लागि सर्वसाधारणलाई ढाडस दिने कार्य गरेको नगरपालिकाले यतिबेला वडास्तरमा पिसिआरका लागि घुम्ती स्वाव संकलन सेवा शुरु गरेको छ । नगरपालिकाले नगरबासीलाई रोग लुकाएर घरमा नबस्न अनुरोध गरेको पुनःस्मरण गराउन चाहन्छु सो नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताउनु भयो । उहाँका अनुसार अहिलेसम्म पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य छ, असजिलो अनुभव भएमा तत्कालै कोबिड अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ । उहाँले भन्नुभयो ‘आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्नेहरूलाई शारीरिक स्थिति हेरेर ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयासम्म उपचार खर्च नगरपालिकाले बेहोर्ने भएको जानकारी गराउन चाहन्छु, त्यसैले कोहि पनि घरमा रोग लुकाएर नबस्न अनुरोध गर्दछु ।’
जेठ २ गतेका दिन वडानं– ८ को डडुवा गाउँमा ४० जना र वडानं– ७ को रामबजारमा १६ जना, ३ गते वडानं– ६ को भोर्लेटार र वडनं– ३ को सोतिपसलमा गरी ३२ जनाको स्वाव लिने काम भएको नगरपालिकाको स्वास्थ्य शाखाका अनमी अस्मिता न्यौपानेले बताउनु भयो । उहाँका अनुसार आजका मितिसम्म नगरपालिकामा ७९ जनाको पिसिआरका लागि पठाएकोमा २९ जनाको जना पोजेटिभ देखिएका छन् । संक्रमितमध्ये १५ जना महिला र १४ जना पुरुष हुनुहुन्छ । उहाँहरूमध्ये पाँच जनाले नगरपालिका बाहिर नै जाँच गर्नु भइ संक्रमित पुष्टि भएको र उपचार पनि बाहिरनै गरिरहनु भएको अन्य सबै होमआइसोलेसनमा रहनु भएको सबैको अवस्था सामान्य भएको जानकारी प्राप्त भएको अनमी न्यौपानेले जानकारी दिनु भयो । उहाँका अनुसार स्वाव संकलन गरिएका मध्ये १२० जनाको रिपोर्ट आउन बाँकी छ ।
नगरपालिकाले सबैले स्वास्थ मापदण्ड अपनाएर सुरक्षित रहन बारम्बार अनुरोध गरेको जानकारी दिदैं जेठ १० गतेसम्मका लागि थप गरिएको निषेधाज्ञाको पूर्ण पालनाका लागि नगरपालिकाले सबैमा अनुरोध गरेको जनाएको छ ।

No comments:
Post a Comment