अन्तरङ्ग संवाददाता
बेसीशहर– लमजुङमा कोरोना दोस्रो प्रकोपबाट भाइरस(कोभिड– १९) संक्रमितको कुल संख्या २४ जना पुगेको छ । तीमध्ये ९ जना महिना छन् । उनीहरू सबै कन्ट्याक्ट ट्ेसिङका आधारमा संक्रमित पुष्टि भएको जिल्ला प्रशासन कार्यालयबाट बैशाख १९ गते साँझ ८ बजे जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ संक्रमित १६ जना थप भएसँगै कुल संख्या २४ पुगेको हो ।
विज्ञप्तिमा संक्रमितको उमेर खुलाइएको छैन । संक्रमितमध्ये बेसीशहरमा ५/५ जना महिला र पुरुष छन् । त्यस्तै, सुन्दरबजार नगरपालिकामा ३ जना पुरुष र २ महिला, मध्यनेपालमा महिला र पुरुष १/१ जना संक्रमित देखिएको छ भने दूधपोखरी गाउँपालिकामा ६ जना पुरुष तथा मस्र्याङ्दी गाउँपालिकाकी एक महिला भएको जनाइएको छ ।
यो संख्यामध्ये हाम्रो यसअघिको समाचारमा दुधपोखरीका ६ जना र बेसीशहरका २ जनाका बारेमा उल्लेख भइसकेको छ ।
यसप्रकार राइनास नगरपालिका, दोर्दी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकामा यो समाचार तयार गर्दासम्म संक्रमित नभएको बुझिएको छ ।
स्मरणीय छ, जिल्ला प्रशासन कार्यालयबाट जारी हुने यसअघिका कोरोना संक्रमित बारेको विज्ञप्तिमा संक्रमितको वडा, उमेरका साथै कुल संक्रमित संख्या, उनीहरूको उपचार कहाँ हुँदैछ र अवस्था के कस्तो छ भन्ने आदि सबै विवरण खुलाई पूर्ण सुसूचित गराउने गरिएको पाठक वर्गलाई विदितै छ । तर यसपटकको विज्ञप्तिमा त्यस्तो कुनै पनि विवरण उल्लेख नभएको पाइएको छ । त्यस्तै, विगतमा जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा प्रजिअ वा सूचना अधिकारीको दस्तखत हुने गरेकोमा यसपटक प्रशासकीय अधिकृत जगदिश मिश्रको दस्तखत रहेको उल्लेख छ ।

No comments:
Post a Comment