लमजुङमा एकै दिन थपिए ७२ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या २९७ जना, थप एकको निधन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, May 17, 2021

लमजुङमा एकै दिन थपिए ७२ जना कोरोना संक्रमित, कुल संक्रमित संख्या २९७ जना, थप एकको निधन

अन्तरङ्ग संवाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोप निकै त्रासदीपूर्ण बन्दै गएको छ । एकैदिन कोरोना संक्रमितको संख्या ७२ थप पुष्टि जेठ ३ गते भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या २९७ जना पुगेको छ ।

उनीहरू सबैको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाव संकलन गरी कोरोना परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । बेसीशहर नगरपालिकाको २७ जना, मस्र्याङ्दी गाउँपालिकाको २४ जना, सुन्दरबजार नगरपालिकाको १८ जना, दोर्दी गाउँपालिकाको २ जना र राइनास नगरपालिकाको १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

नयाँ थप भएका संक्रमितमा बेसीशहर नगरपालिकाका २७ जना छन् । तीमध्ये ११ जना महिला छन् । मस्र्याङ्दी गाउँपालिकाका २४ जना छन् र तीमध्ये महिला १३ जना छन् । सुन्दरबजार नगरपालिकाका १८ जनामध्ये ५ जना महिला छन् । राइनास नगरपालिकाका एक जना र दोर्दी गाउँपालिकाका– दुई जना पुरुष रहेको जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । ंसंक्रमित भएकाहरूमा बेसीशहर नगरपालिका– – १ का २५ वर्षका पुरुष, वडानं– ३ का ६० वर्षका पुरुष तथा १३ र ३४ वर्षीया महिला छन् । वडा नं. ६ का ३२ वर्षीया महिला, वडान– ७ का १३, १५, २३, ३५, ३८, ४३ र ४९ वर्षका पुरुष छन् भने १४, २७ ४२ र ६० वर्षीया महिला रहेको छन् । सोही नगरपालिका– ८ को २६ र ५८ वर्षका पुरुष तथा २५, ३५ र ५८ वर्षीया महिला छन् । वडा नं. ९ का २७, २८, ६२ र ६३ वर्षका पुरुषका साथै ५९ वर्षीया महिला छन् । सोही नगरपालिका– ११ का ४५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै, मस्र्याङ्दी गाउँपालिका– ६ का ५५, ३१, ३३, ७८, ५७, २१, ६५ र ६५ वर्षका पुरुष, ६१, ५५, २०, २३, ४२, २०, ४२ र ५१ वर्षीया महिला, वडा नं. ३ का २७ वर्षिय पुरुष, २८, ३२, र ३३ वर्षीया महिला, वडा नं. ८ का २३ र ८२ वर्षिय पुरुष, ३० वर्षीया महिलामा संक्रममण पुष्टि भएको सो विज्ञप्तिमा भनिएको छ । 

यस्तै, सुन्दरबजार नगरपालिका– २ का २३ र ५० वर्षका पुरुष, वडा नं. ३ का २२, २७ र २८ वर्षका पुरुष, वडा नं. ५ का २८ वर्षीया महिला, वडा नं. ६ का ६२ वर्षका पुरुष, वडा नं. ७ का २२, ४०, र ४८ वर्षका पुरुष, वडा नं. ८ का २२, ३२, ३३, र ४९ वर्षका पुरुष, २० र ३३ वर्षीया महिला, वडा नं. ९ का ४० र ४७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उक्त विज्ञप्तिमा उल्लेख छ । 

दोर्दी गाउँपालिका– २ का ४५ वर्षका पुरुष र सोही पालिका– ९ का ४१ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी, राइनास नगरपालिका– ६ का ६९ वर्षका पुरुषमा जिल्ला अस्पताल लमजुङका गरिएको एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ ।  

जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तदत गरी जारी गर्नु भएको विज्ञप्तिमा ७२ जना थप भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २९७ जना पुगेको उल्लेख छ । 

ऐलेसम्म जिल्लाका कोरोनाको व्यापक परीक्षण हुन सकेको छैन । सिमित परीक्षण गरिदाको स्थिति यस्तो छ भने वडा वडास्तरमा व्यापक परीक्षण गर्ने हो भने यो संख्या संक्रमितको संख्या कति बृद्धि होला सहज अनुमान गर्न सकिन्छ । स्वावको रिर्पोट आउनका लागि अझै पनि ८,१० दिन लाग्ने गरेको स्थिति छ । यसले पनि सर्वसाधारणमा कोरोना परीक्षणमा उत्साह जागृत भएको देखिएको छैन ।

यसैबीच, कोरोना संक्रमित एक जनाको दुःखद निधन भएको छ । मध्यनेपाल नगरपालिका– ३, सोतीपसल निवासी ७० बर्षका बृद्धको जेठ ३ गते बिहान साँढे ९ बजे मृत्यु भएको हो । उहाँलाई ज्वरो आउने र रुघाखोकीको समस्या बढेपछि एक साताअघि पोखरा लगेर मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचाप, मधुमेहलगायत समस्या रहेका उहाँ करीब ७ बर्षदेखि ती रोगको नियमित औषधी सेवन गर्दै आउनुभएका उहाँको उपचारको क्रममा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । 

भारतीय भूपू सैनिक समेत रहनु भएका उहाँ केही दिन यता आइसीयुमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बतायो । परिवार स्रोतका अनुसार काठमाडौंमा आफन्तको विवाह र भोजमा सहभागी ती बृद्ध घर फर्किएपछि उहाँ बिरामी पर्नु भएको थियो । 

जिल्लामा कोरोनाबाट मृतक भएकाहरूको संख्या के कति भयो भन्ने ठ्याक्क भन्न कठिन भएको छ । यो संख्याको आधिकारिक पुष्टि नभएका कारणले गर्दा संख्या भन्न नसकिएको हो । 

No comments:

Post a Comment