चेम्बरको ‘अक्सिजन सिलिन्डर अभियान’मा सहयोग आउने क्रम जारी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, May 24, 2021

चेम्बरको ‘अक्सिजन सिलिन्डर अभियान’मा सहयोग आउने क्रम जारी

अन्तरङ्ग सम्वाददाता

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार चेम्बर अफ कमर्सले थालनी गरेको ‘अक्सिजन सिलिन्डर अभियान’मा आर्थिक सहयोग आउन क्रम जारी रहेको छ । लमजुङ सुन्दरबजार नगरपालिका– ६ फेदिकुनामा स्थायी बासिन्दा इन्द्रविलास ढकालले जेठ १० गते ५० हजार रुपैयाँ भन्दा बढी सहयोग गर्नु भएको छ । 

       आफ्नो जन्म थलो रहेको गाउँ जिल्लामा कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा मानवजीवनका लागि सञ्जिवनीको रुपमा रहेको अक्सिजन संकलन अभियान अतिनै महत्वपूर्ण र गर्नै पर्ने कार्य भएको हुँदा आफ्ना पिता स्वर्गीय पिताम्वर ढकालको स्मृतिमा उक्त रकम सहयोग गरेको दाता इन्द्रविलास ढकालले बताउनु भएको छ । उहाँले अन्तरङ्ग न्युज डटकममा यही जेठ ७, ८ र ९ गते प्रकाशित समाचार पढेपछि ममा मन भित्रबाट नै वर्तामान परिवेशमा आफ्नो गाउँ, समाज, देशमा केही गर्नु पर्छ भन्ने मानवीय भावना जाग्यो र यो रकम पठाएँ भन्नुभएको छ ।  

लमजुङको सुन्दरबजार नगरपालिका– ६ फेदिकुना (साविक सुन्दरबजार गाविस) निवासी पिता स्व. पिताम्वर ढकाल र माता हरिमाया ढकालका सुपुत्र हाल युवा परोपकारी मनका धनी युवा व्यवसायी इन्द्रविलास ढकालले आफ्ना पिताको स्मृतिमा ५१ हजार ४५० रुपैया मनिट्रान्सफरबाट पठाउनु भएको रकम प्राप्त भएको सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार सहयोगी ढकाल हाल जापानको टोकियोमा सफल रुपमा रेष्टुरेन्टको व्यवसाय सञ्चालन गरिआउनु भएको छ । श्रेष्ठले भन्नुभयो, ‘ढकालले यो अभियानका बारेमा विश्वभर छरिएर रहनु भएका नेपाली दाजुभाइ, दिदीबहिनीलाई जानकारी दिने अन्तरङ्ग न्युज डटकम र अभियान सञ्चालन गर्ने सुन्दरबजार चेम्बर अफ कमर्सलाई विशेष धन्यवाद दिन चाहन्छु भन्नुभएको छ ।’ 

No comments:

Post a Comment