कोरोना : निको दर ७४ प्रतिशत बढी, मुलुकभर ८ हजार १६७ थपिए संक्रमित, थप १८७ जनाको मृत्यु पुष्टि - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, May 15, 2021

कोरोना : निको दर ७४ प्रतिशत बढी, मुलुकभर ८ हजार १६७ थपिए संक्रमित, थप १८७ जनाको मृत्यु पुष्टि

अन्तरङ्ग संवाददाता

काठमाडौं– नेपालमा कोरोना जितेर घरमा फर्किनेको संख्या निको हुने दर ७४ प्रतिशत बढी देखिएको छ । आज थप आठ हजार १६७ जनामा कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार १६७ को नतिजा जेठ १ गते पोजिटिभ आएको हो । सोही अवधिमा पाँच हजार ४५५ जना उपचारपछि निको भइ घर फर्किएका छन् । 

कोरोना जितेर घर फर्किनेको संख्या पाँच हजार ४५५ जना आज थप भएसँगै हालसम्म तीन लाख ३३ हजार १०८ जनाले कोरोना जित्न सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार कोरोना निको दर ७४ दशमलव ४ प्रतिशत रहेको छ । 

आज १७ हजार ९७१ नमुनाको पीसीआर र ५७७ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको रिपोर्टबाट आठ हजार १६७ को संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख ४७ हजार ७०४ पुगेको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण थप १८७ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार हजार ८५६ पुगेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

No comments:

Post a Comment