अन्तरङ्ग संवाददाता
लमजुङ– यस जिल्लामा कोरोना भाइरस(कोभिड– १९) को दोस्रो प्रकोपबाट संक्रमित हुनेको संख्या आजका दिन अर्थात जेठ १ गते २०१ पुगेको छ । ६ जना नयाँ सक्रमित थप भएसँगै जिल्लामा कोभिड संक्रमितको कुल संख्या आज २०१ पुगेको हो ।
नयाँ संक्रमितहरूमा ५ जना महिला र एक जना पुरुष भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्ति अनुसार संक्रमित हुनेमा बेसीशहर नगरपालिका– ७ का ५० र ५५ वर्षीया महिला, सोही नगरपालिका– ८ का १८ को पुरुष र ४८ बर्षको महिला छन् ।
यसैगरी, सुन्दरबजार नगरपालिका– ५ को २६ बर्षीया महिला र क्व्होलासोथार गाउँपालिका– ५ को ६५ बर्षीया महिला संक्रमित भएका छन् । बेसीशहरका संक्रमितहरूको जिल्ला अस्पताल लमजुङमा एन्टीजेन परीक्षणबाट तथा सुन्दरबजार र क्व्होलासोथारका संक्रमितहरूको चितवन मेडिकल कलेजमा पिसिआर परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले दस्तखत गर्नु भएको विज्ञप्तिमा जनाइएको छ ।
No comments:
Post a Comment