अन्तरङ्ग संवाददाता
लमजुङ– कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपका क्रममा संक्रमितको संख्या आजका दिनसम्म लमजुङमा मात्र २८ जना थप भएका छन् । जिल्ला प्रशासन कार्यालयले बैशाख ३१ गते जारी गरेको विज्ञप्तिमा सो उल्लेख छ । जिल्लामा कुल संक्रमित संख्या १९५ पुगेको छ ।
आज संक्रमण पुष्टि भएकाहरूमा सबैभन्दा धेरै दोर्दी गाउँपालिकाका २५ जना रहेका छन् । तीमध्ये महिला ११ जना छन् । अन्य तीन जना बेसीशहर गाउँपालिका– ८ का २० वर्षका पुरुष, क्ब्होलासोथर गाउँपालिका– ३ का १९ वर्षका एक पुरुष र मस्र्याङ्दी गाउँपालिका– ९ का ३३ वर्षीया महिला छन् ।
दोर्दी गाउँपालिकाका संक्रमित पनि वडानं १ का १४ जना छन् भने वडानं ३ का ४० वर्षीया एक महिला छन् ।
वडानं– १ का संक्रमितमा सबैभन्दा कम उमेर १६ रहेको छ भने बढी ८८ वर्ष रहेको छ । १६ वर्षकी बालिका हुन् भने ८८ वर्षका पुरुष हुन् । संक्रमित अन्य महिलाको उमेर २७, ४१, ४८, ४९ वर्षका दुईजना, ५६, ५८, ६२ र ६८ वर्षका रहेका छन् । त्यस्तै संक्रमित पुरुषको उमेर २५ वर्षका दुई, २६, ३२, ३७, ३८, ४८, ४९, ५६, ६० वर्षका दुईजना, ६१ र ६६ वर्षका रहेका छन् ।
जिल्लामा कुल संक्रमितको संख्या १९५ पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जिल्लाका कुल सक्रमितमध्ये १४ जनाले कोरोना जितेर घरमा फर्किएका छन् । दुई जनाको दुःखद निधन हुन गएको छ ।
No comments:
Post a Comment