निषेधाज्ञा : लमजुङमा थप ११ दिन थपियो, जेठ २० गते मध्यरातसम्म, मुलुकभर ७५ जिल्लामा निषेधाज्ञा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, May 23, 2021

निषेधाज्ञा : लमजुङमा थप ११ दिन थपियो, जेठ २० गते मध्यरातसम्म, मुलुकभर ७५ जिल्लामा निषेधाज्ञा

अन्तरङ्ग सम्वाददाता

बेसीशहर– लमजुङमा कोरोना भाइरस(कोभिड– १९)को दोस्रो प्रकोपलाई रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा ११ दिनका लागि थप भएको छ । यो तेस्रो पटक जारी निषेधाज्ञा हो । यसअघि दोस्रो पटक जेठ ३ गते जारी निषेधाज्ञा आज जेठ ९ गते राती १२ बजे सकिदै थियो । 

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले कोरोना संक्रमण बढ्दै गएकाले जिल्लाभर लागू हुनेगरी निषेधाज्ञाको समय १० दिन लम्ब्याएर जेठ २० गते रातीको १२ बजेसम्म पुर्याउन सिफारिस गरे बमोजिम निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासनद्वारा जारी विज्ञाप्तिमा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाल लुईटेलले कोरोना संक्रमणले भयावह अवस्था नआओस् भनेर थप कडाइका साथ निषेधाज्ञ थप गरेको बताउनु भएको छ । प्रजिअ होमप्रसाद लुईटेलद्वारा निषेधाज्ञा बैशाख २७ गते जारी गर्नु भएको ४ बुँदे विज्ञप्ति अनुसार २८ गतेराति १२ बजेदेखि जेठ ३ गते राती १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी हुने घोषणा गरिएको थियो । 

आजसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ४०१ पुगेको छ । 

यसैबीच, काठमाडौंबाट प्राप्त भएको समाचार अनुसार मुलुकका ७७ मध्ये ७५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लोपटक तेह्रथुममा निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयले निषेधाज्ञा जारी भएका ७५ मध्ये अधिकांशमा जिल्लाभर र केहीमा निश्चित क्षेत्रमा तोकिएको छ ।

निषेधाज्ञा लागु भएका जिल्लाहरूमा काठमाडौं उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर तथा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, सुर्खेत, डडेलधुरा, बैतडी, दैलेख, दार्चुला, अछाम, हुम्ला, डोटी, डोप्ला, बझाङ, बाजुरा, जुम्ला, मुगु, कालीकोट, जाजरकोट, प्युठान, सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा, दाङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा र गुल्मी छन् । 

यसैगरी, मुस्ताङ, बागलुङ, म्याग्दी, स्याङ्जा, कास्की, तनहुँ, लमजुङ, गोरखा, नवलपरासी पूर्व, चितवन, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सिन्धुली, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, मोरङ, झापा, ओखलढुंगा, तेह्रथुम, ताप्लेजुङ, इलाम र पाँचथर छन् ।

No comments:

Post a Comment