अन्तरङ्ग सम्वाददाता
सुन्दरबजार(लमजुङ)– सुन्दरबजार चेम्बर अफ कमर्सले थालनी गरेको ‘अक्सिजन सिलिण्डर अभियानमा आर्थिक संकलन कार्य सफलतार्फ अघि बढी रहेको छ । सो कार्यमा लमजुङको सुन्दरबजार नगरपालिका– ९ का अर्का एक युवाले पनि आर्थिक सहयोग गर्नु भएको छ । यस्तो उपलब्धीपूर्ण कार्य अन्तरङ्गको समाचार पढेर भएको हो ।
सुन्दरबजार नगरपालिका– ९ को भोटेओडार स्थित कृष्ण बगंैचामा स्थायी बसोबार भई हाल अमेरिकामा बसोबास गर्नु हुने परोपकारी मनका धनी युवा सुजन लामाले १५ हजार रुपैयाँ पठाउनु भएको सुन्दरबजार चेम्बर अफ कमर्सका उपाध्यक्ष निपेन्द्र श्रेष्ठले बताउनु भयो । लामाले अन्तरङ्ग न्युज डटकममा जेठ ७ र ८ गते प्रकाशित समाचार पढेपछि सहयोग गर्ने बिचार आएर सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जब अन्तरङ्ग अनलाइनमा समाचार पढे आफ्नो मातृथलोमा केही गर्नुपर्छ भन्ने मानवीय भावना जाग्यो र यो रकम पठाएको हुँ ।’
यस अवसरमा ‘यो पवित्र अभियान सञ्चालन गर्ने सुन्दरबजार चेम्बर अफ कमर्स र त्यस अभियानका बारेमा सबैलाई विश्वभर जानकारी गराउने अन्तरङ्ग न्युजलाई विशेष धन्यवाद दिन चाहन्छु’ लामाले भन्नुभएको छ ।

No comments:
Post a Comment