प्रेस काउन्सिलले भन्यो : प्रेस पासको दुरुपयोग भए कारबाही - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, May 17, 2021

प्रेस काउन्सिलले भन्यो : प्रेस पासको दुरुपयोग भए कारबाही

अन्तरङ्ग संवाददाता

काठमाडौं– प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक कार्य नरोकिए कानूनी कारवाही गर्ने भएको छ । काउन्सिलले जारी गरेको विज्ञप्ति त्यस्ता कार्यप्रति गम्भीर बन्न नेपाल पत्रकार महासंघ र सञ्चार तथा सूचना प्रविधि विभागलाई जेठ २ गते आग्रह गरिएको हो । 

काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा प्रेस काउन्सिल नेपालले गैरपत्रकारलाई प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग नगर्न सचेत तुल्याउँदै कारवाहीको चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘केही गैरपत्रकार व्यक्तिले नक्कली प्रेस पास र नक्कली ज्याकेट प्रयोग गरेर समाजमा भ्रम छरिरहेका समाचारहरू आउन थालेका छन् ।’ प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले लकडाउनको अवधिमा प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग बढेको सन्दर्भमा विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिनुु भएको हो । ‘नक्कली प्रेस पास र आफ्नै ढंगको प्रेस ज्याकेट बनाएर त्यसको आवरणमा विभिन्न आपराधिक क्रियाकलाप गर्दै व्यावसायिक पत्रकारिताको हुर्मत लिनेहरूलाई यस्तो गलत कार्य नगर्न प्रेस काउन्सिल नेपाल चेतावनी दिन चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ । सो विज्ञप्तिमा भनिएको छ, ‘यदि यस्ता गतिविधि नरोकिएमा र प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग गरी गैरपेशागत कार्य गरेको पाइएमा काउन्सिल कडा कारवाही गर्न बाध्य हुने हुँदा यस्तो कार्य नगर्न नगराउन यसै प्रेस विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’ विज्ञप्तिमा नेपाल पत्रकार महासंघ, सूचना तथा प्रसारण विभाग र सम्पूर्ण व्यावसायिक पत्रकारलाई पनि यस विषयमा गम्भीर हुन आग्रह गरिएको छ ।

यसैबीच, काठमाडौंको कलंकीमा पत्रकारको परिचयपत्र बोकेर हिँडेका चालकले मदिरा सेवन गरेर दुर्घटना गराएका छन् । कलंकीबाट बाफल जाँदै गरेको प्रदेश–३–०१–०२४ च ०६०४ नम्बरको कारले कलंकीस्थित ज्ञानोदय मार्गमा चारवटा सवारीलाई ठक्कर दिएको हो । कारको ठक्करबाट ट्राफिक प्रहरी जवानसहित ४ जना घाइते भएको प्रहरी भनाई छ । 

भगवती मिडिया क्रियशन प्रालिबाट जारी पत्रकार परिचयपत्र बोकेका चालक गणेशबहादुर परियारलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको छ । 

मापसे गरेका ५३ वर्षका परियारले अनियन्त्रित तवरले चलाएको गाडीले दुईवटा मोटरसाइकल र दुईवटा गाडीलाई ठक्कर दिएको ट्राफिक महाशाखाले जनाएको छ । उनले बोकेको परिचयपत्रबारे भेरिफाई गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

No comments:

Post a Comment