सबैको लघु वित्त वित्तीय संस्था लि.को प्रमुख कार्यकारी अधिकृत पदमा पौडेल पुनः नियुक्त - अन्तरङ्ग
1620215557

Friday, May 7, 2021

demo-image

सबैको लघु वित्त वित्तीय संस्था लि.को प्रमुख कार्यकारी अधिकृत पदमा पौडेल पुनः नियुक्त

अन्तरङ्ग संवाददाता

डुम्रे(तनहूँ)– सबैको लघु वित्त वित्तीय संस्था लि.को प्रमुख कार्यकारी अधिकृत पदमा केशवकुमार पौडेल पुनः नियुक्त  हुनु भएको छ । संस्थाको सञ्चालक समितिको वैशाख २४ गते बसेको ८६औं बैठकवाट संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदमा पौडेललाई आउँदो जेठ १ गतेवाट लागू हुने गरी थप ४ वर्ष (दोश्रो कार्यकाल) को लागि पुनः नियुक्ति दिने निर्णय गरिएको हो । 

Keshab+Sir+Photograph+%25281%2529

पौडेलले २०४९ सालमा निर्धन संस्थाबाट सेवा प्रवेश गर्नु भई विभिन्न लघुवित्त वित्तीय संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्य अनुभव संगाल्नु भएको छ । २०७४ को जेठ १ गतेदेखि यस वित्तीय संस्था लि.मा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी वहन गर्नु भएका उहाँको कार्यकाल यही बैशाख मसान्तसम्म रहेको थियो । उहाँलाई दोस्रो कार्यकालको लागि पुनः नियुक्ति गर्न सञ्चालक समितिले निर्णय गरेको उक्त संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत किरण कँुवरले बताउनु भएको छ । उहाँका अनुसार उक्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय तनहँुको बन्दिपुर गाउँपालिका– १, डुम्रेबजारमा रहेको छ । 

‘नेपाल राष्ट्र बैंक ऐन २०५८ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही २०७४ बैशाख २५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लि. कम्पनीको रुपमा दर्ता भएको हो ।’ कुँवरले भन्नुभयो, ‘२०७४ असार २५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोवार सञ्चालन गर्न ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरी त्यसै वर्षको असार ३० गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो ।’

सबैको लघु वित्त वित्तीय संस्था लि.का २०७७ को चैत्र मसान्तसम्म ७ वटै प्रदेशका ३७ जिल्लाहरूमा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयहरूको सञ्जाल गरेको छ । सोही अवधिसम्ममा करिब ५० हजार घरधुरीमा सेवा विस्तार गरेको यस संस्थाको लगानीमा रही रहेको कर्जा ३ अर्ब १४ करोड ६४ लाख रुपैयाँ र बचत ८१ करोड ८९ लाख रुपैयाँ रहेको उक्त संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत कँुवरले जानकारी दिनुभएको छ । 

No comments:

Post a Comment

Pages