अन्तरङ्ग संवाददाता
भोटेओडार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ९ स्थित भोटेओडार– तार्दीखोला खानेपानी सरसफाई उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक समुहको प्यानल विजयी भएको छ । समितिको चैत २९ गते गरिएको निर्वाचनमा अध्यक्षका प्रितम अधिकारी निर्वाचित हुनुभएको छ ।
अध्यक्ष पदमा १२ मतको अन्तरले अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिकारीले १ सय ९८ मतका साथ विजय प्राप्त गर्नुभएको खुला सदस्यहरूमा दयमन्ती थापा १८७ मत, मोहनसिंह गुरुङ १ सय ६३ मत, निर्वाचन समितिका अमोल खनालले बताउनुभयो । उहाँका अनुसार अधिकारीका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष डम्बरबहादुर कार्कीले १ सय ८६ मत प्राप्त गर्नुभएको छ । समितिको उपाध्यक्षमा २ सय ४८ मतका साथ सुरेश गुरुङ निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी टकमाया गुरुङले १ सय २५ मत प्राप्त गर्नुभयो । यसैगरी, सचिव पदमा २ सय २० मतका साथ रेवतीकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी भिमबहादुर कार्कीले १ सय ५४ मत प्राप्त गर्नुभयो । त्यस्तै, कोषाध्यक्ष पदमा २ सय १७ मतका साथ वीरेन्द्र थापा निर्वाचित हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी सरोजकुमार श्रेष्ठले १ सय ४९ मत प्राप्त गर्नुभएकभोटेओडार तार्दीखोला खानेपानी समितिमा लोकतान्त्रिक समूह विजयी, अध्यक्षमा प्रितम अधिकारी
अन्तरङ्ग संवाददाता
भोटेओडार९लमजुङ०– लमजुङको सुन्दरबजार नगरपालिका– ९ स्थित भोटेओडार– तार्दीखोला खानेपानी सरसफाई उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक समुहको प्यानल विजयी भएको छ । समितिको चैत २९ गते गरिएको निर्वाचनमा अध्यक्षका प्रितम अधिकारी निर्वाचित हुनुभएको छ ।
अध्यक्ष पदमा १२ मतको अन्तरले अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिकारीले १ सय ९८ मतका साथ विजय प्राप्त गर्नुभएको खुला सदस्यहरूमा दयमन्ती थापा १८७ मत, मोहनसिंह गुरुङ १ सय ६३ मत, निर्वाचन समितिका अमोल खनालले बताउनुभयो । उहाँका अनुसार अधिकारीका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष डम्बरबहादुर कार्कीले १ सय ८६ मत प्राप्त गर्नुभएको छ । समितिको उपाध्यक्षमा २ सय ४८ मतका साथ सुरेश गुरुङ निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी टकमाया गुरुङले १ सय २५ मत प्राप्त गर्नुभयो । यसैगरी, सचिव पदमा २ सय २० मतका साथ रेवतीकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी भिमबहादुर कार्कीले १ सय ५४ मत प्राप्त गर्नुभयो । त्यस्तै, कोषाध्यक्ष पदमा २ सय १७ मतका साथ वीरेन्द्र थापा निर्वाचित हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी सरोजकुमार श्रेष्ठले १ सय ४९ मत प्राप्त गर्नुभएको छ ।
सदस्यहरूमा महिला सदस्यमा सुभद्रा न्यौपाने २०७ मत, जनजाति सदस्यमा युगबहादुर गुरुङ २०३ मतका साथ निर्वाचित हुनुभएको छ । दलित सदस्यमा जितबहादुर सुनार निर्विरोध निर्वाचित हुनुभएको छ ।
सो समिति अन्तरगत कुल ५ सय १ मतदाता थिए । निर्वाचनमा भने ३ सय ९२ मतदान भएको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेस समर्थित लोकतान्त्रिक समुह र नेकपा एमाले र माओबादी केन्द्र समर्थीत प्रगतिशील समुहका बीचमा प्रतिष्पर्धा भएको थियो । एकजना खुला सदस्य सहित प्यानलै लोकतान्त्रिक समुह निर्वाचित भएको जानकारीमा आएको छ ।ो छ ।
सदस्यहरूमा महिला सदस्यमा सुभद्रा न्यौपाने २०७ मत, जनजाति सदस्यमा युगबहादुर गुरुङ २०३ मतका साथ निर्वाचित हुनुभएको छ । दलित सदस्यमा जितबहादुर सुनार निर्विरोध निर्वाचित हुनुभएको छ ।
सो समिति अन्तरगत कुल ५ सय १ मतदाता थिए । निर्वाचनमा भने ३ सय ९२ मतदान भएको निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेस समर्थित लोकतान्त्रिक समुह र नेकपा एमाले र माओबादी केन्द्र समर्थीत प्रगतिशील समुहका बीचमा प्रतिष्पर्धा भएको थियो । एकजना खुला सदस्य सहित प्यानलै लोकतान्त्रिक समुह निर्वाचित भएको जानकारीमा आएको छ ।

No comments:
Post a Comment