बेलबहादुर थापा/अन्तरङ्ग
ठूलीबेसी(लमजुङ)– मस्र्याङ्दी गाउँपालिका– ६ वाहुनडाँडा स्थित तातोपानी बचत तथा ऋण सहकारी संस्था(साकोस)ले वडाका २ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । सहकारीले आफ्नो र्शैक्षिक गतिविधिको कोषबाट प्रति विद्यार्थी एक हजारका दरले ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।
संस्थाले आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई सामग्री वितरण गरेको हो । नयाँ ज्योति प्राथामिक विद्यालय नाइचेका ५ जना तथा जटेश्वर आधारभूत विद्यालयका १२ जनालाई सामग्री वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष विष्णुराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार उक्त सुविधा सहकारीमा कारोबार गर्ने शेयर सदस्यका बच्चा तथा गरिव, जेहेन्दर विद्यार्थीलाई प्रदान गरिएको हो । वितरण गरिएको शैक्षिक सामग्रीमा कपी, पेन्सील ज्यामेक्ट्री बक्स कलर सेट, कलर कपी, कलम आदि रहेको छ ।
ती विद्यालयमा पुगेर एक कार्यक्रमका बीच नयाँ ज्योति प्राविका प्रधानाध्यपाक कविजंङ गुरुङ र जटेश्वर आधारभूत विद्यालयका प्रधनाध्यापक जनकराज घिमिरेलाई संस्थाका अध्यक्ष खुसीराम गुरुङले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष विष्णुराज घिमिरे, पूर्वअध्यक्ष रमानाथ घिमिरे, सचिव मिनराशी गुरुङ, प्रवन्धक विनोद गुरुङ लगायत सहभागी हुनुहुन्थ्यो ।
उक्त साकोसले आफ्नो सेवा क्षेत्रभित्र रहेका विद्यालयहरू छनौट गरी प्रत्येक बर्ष यस्ता शैक्षिक सामग्री वितरण गर्र्दै आएको जानकारी दिएको छ ।

No comments:
Post a Comment