वरिष्ठ साहित्यकार कुँवरको संरक्षकत्व छात्रवृत्ती अक्षयकोष स्थापना - अन्तरङ्ग
1620215557

Tuesday, April 13, 2021

demo-image

वरिष्ठ साहित्यकार कुँवरको संरक्षकत्व छात्रवृत्ती अक्षयकोष स्थापना

अन्तरङ्ग संवाददाता

भोटेओडार(लमजुङ)– वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवरको संरक्षकत्वमा लमजुङको सुन्दरबजार नगरपालिका– ८ स्थित भारती सदन माध्यामिक विद्यालयमा छात्रवृत्ती अक्षयकोष स्थापना गरिएको छ । सवालाख रुपैयाँको उक्त छात्रवृत्तीको अक्षयकोष गत महिना अर्थात चैत्रमा स्थापना गरिएको हो । 

Gb+kunwar

उक्त कोषको रकम एक लाख २० हजार रहेको सो मा.वि.का प्र.अ. ज्ञानबहादुर कार्कीले बताउनु भएको छ । उहाँका अनुसार उक्त पुण्यकार्य सुन्दरबजार नगरपालिका– ८, भोटेओडारमा स्थायी बसोबार भइ हाल क्यानडा बस्नु हुने गौतम कुँवर तथा संगीता बानीया कुँवर सदम्पतीबाट भएको हो । उहाँले भन्नुभयो, ‘उक्त अक्षयकोषको गीता कुँवर, गोविन्दबहादुर कुँवर संरक्षकत्व रहने छ, सो अक्षयकोषबाट प्राप्त हुने व्याज रकमबाट हरेक वर्ष विद्यालयका गरिब, अनाथ तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।’ 

यस कार्यबाट छात्रवृत्ती पाउने विद्यार्थीको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको विद्यालयले जनाएको छ । उहाँहरूको यस्तो उत्कृष्ट पुण्यकर्मको उच्च मूल्याङ्मन गरी उहाँहरूको हार्दिक सम्मान गर्दै उहाँको पारिवारिक सुख, शान्ति र समृद्धिको कामना विद्यालय गर्दछ भारती सदन मा.वि.का प्र.अ. ज्ञानबहादुर कार्कीले बताउनु भएको छ । 

Gb+Kunwar

फोटोमा संरक्षकत्व प्रदान गर्नु हुने कवि र अक्षयकोष दाता दम्पत्ती ।

उक्त छात्रवृत्ती सञ्चालको कार्यविधि जस्ताको तस्तै–  

१.  संरक्षकत्व छात्रवृत्तिको नाम गीता कुँवर तथा गोविन्दबहादुर कुँवर संरक्षकत्व छात्रवृत्ति हुनेछ ।

२. संरक्षकत्व छात्रवृति अक्षय कोषका लागि सुन्दरबजार –८, भोटेओडार, लमजुङ् स्थायी ठेगाना भै हाल क्यानाडा बस्ने गौतम  कुँवरबाट एकमुष्ट रु १,२०,०००। श्री भारतीसदन मा वि लाई प्रदान गरिनेछ ।

३. अक्षय कोषको रकम सिर्जनात्मक सहकारीमा अक्षय कोषको खाता खोली राखिनेछ । हाललाई विद्यालयका प्र.अ. र अक्षय कोषका स्थानीय प्रतिनिधिको संयुक्त दस्तखतबाट खाता सञ्चालन हुनेछ ।

४. छात्रवृत्ती एकजना विद्यार्थीलाई पढिरहेको कक्षादेखि १२ कक्षासम्म निरन्तर प्रदान गरिने छ ।

५. यस्तो विद्यार्थीको छनौट गर्दा दलित, अनाथ र  प्रतिभाशाली (छात्रा) विद्यार्थीलाई प्राथमिकता दिइनेछ ।

६. विद्यार्थी छनौट गर्दा पहिले शिक्षक समूहबाट सर्वसम्मतिले ३ देखि ५ जना सम्म विद्यार्थीको नामावली र परिचयात्मक विवरण तयार पार्नु पर्नेछ र ती मध्ये एक जनालाई कोषको प्रतिनिधिको समेत राय लिएर छात्रवृत्तिका लागि छनौट गरिनेछ ।

७. छात्रवृत्ति रकम १–५ का विद्यार्थीलाई  वार्षिक रु ५,१००।–  ६–८ लाई  वार्षिक रु ७,५००।– ९÷१० कक्षालाई बार्षिक रु ९०००।– र  र ११÷१२ कक्षालाई बार्षिक रु १५०००।– प्रदान गरिनेछ ।

८. छात्रवृत्ती रकम चौमासिक रुपमा तीन किस्तामा अग्रिम भुक्तानी गरिनेछ ।

९. छात्रवृत्ती रकम सम्बन्धित अभिभावक, विद्यालयका प्र.अ. तथा प्रतिनिधि र कोषका प्रतिनिधिको रोहवरमा सुन्दरबजार न पाको ८ नम्वर वडा कार्यालयमा वडा अध्यक्षबाट वितरण हुनेछ ।

१०. छात्रवृत्ति वितरण गरेर बचेको रकम बचत खातामा सँचित रहेने छ ।

११. कुनै विद्यार्थीलाई अति आवश्यक ठानिएमा विद्यालयको सिफारिसमा कोषको व्याजबाट विशेष पटके छात्रवृत्ति उपलब्ध गराउन सकिनेछ ।

१२. छात्रवृत्ति पाउने विद्यार्थीलाई पर्याप्त समय दिदाँ पनि निजको पढाइ र आचरण चित्तबुझ्दो  नभएमा निजको छात्रवृत्ति खारेज गरी प्रक्रिया अनुसार अर्काे विद्यार्थी छनौट गरिनेछ ।

१३. छात्रवृत्तिको निर्णय भइ नसकिन्जेल सबै कुरा गोप्य राखिने छ ।

१४. यो संरक्षकत्व छात्रवृत्ति हुनेछ । यसको उद्देश्य छात्रवृत्ति प्रदान गरिएको विद्यार्थीलाई १२ कक्षासम्मको शिक्षा दिइ सक्षम नागरिक वनाउनु हुनेछ ।

१५. संरक्षकत्व छात्रवृत्ति  सम्बन्धी कार्यविधि र यस सम्बन्धमा गरिने परिवर्तनहरू विद्यालय व्यबस्थापन समितिद्वारा अनुमोदन हुनुपर्नेछ ।

No comments:

Post a Comment

Pages