साहित्य दिवस : विभिन्न व्यक्तित्वहरू विविध पुरस्कारबाट सम्मानित - अन्तरङ्ग
1620215557

Wednesday, April 14, 2021

demo-image

साहित्य दिवस : विभिन्न व्यक्तित्वहरू विविध पुरस्कारबाट सम्मानित

अन्तरङ्ग  वर्ष– २९, अंक– ३४,  बैशाख २ गते (०७८) प्रकाशित

काठमाडौं– साहित्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । साहित्य दिवसका अवसरमा हरेक वर्ष प्रदान गरिने सम्मान तथा पुरस्कार यस वर्ष पनि वैशाख १ गते प्रदान गर्दै दिवस मनाइएको हो ।

Sahitya+Samman

सम्मानित व्यक्तित्वहरू र पुरस्कारमा– साहित्य संवद्र्धन अभिनन्दन– २०७८ गोपीकृष्ण शर्मालाई गरिएको छ । सो अवसरमा ५५ हजार पुरस्कार राशिको हरिहर शास्त्री सावित्रीदेवी पुरस्कार– २०४५ नगेन्द्रराज शर्मालाई प्रदान गरिायो भने ५० हजार पुरस्कार राशिको वसन्त–राधा पद्यकाव्य पुरस्कार– २०६५ बाट रामप्रसाद ज्ञवाली सम्मानित हुनुभएको छ । ३५ हजार पुरस्कार राशि रहेको विश्वज्योति सेवा सम्मान– २०७१ रोचक घिमिरेलाई प्रदान गरिएको छ । 

अन्य सम्मानित व्यक्तित्व तथा संस्थाहरूमा २५ हजार ५५५ रुपैयाँ पुरस्कार राशि रहेको हेमकुमारी– दिवाकर समाज सेवा सम्मान– २०६५ नेपाली शिक्षा परिषद्, काठमाडौँ, २१ हजार रुपैयाँ पुरस्कार राशिको शारदा सिर्जना पुरस्कार– २०७२ रमा शर्मालाई प्रदान गरिएको छ । 

यसैगरी, १५/१५ हजार पुरस्कार राशि रहेका चार पुरस्कारबाट सम्मानित हुनुहुने व्यक्तित्वमा साहित्य संवद्र्धन द्रष्टा सम्मान– २०७० कृष्णहरि बराल, राधिका–पदम–दुर्गा पुरस्कार– २०७२ बाट नारायणप्रसाद उपाध्याय, जम्बकुमारी टीकावल्लभ साहित्य सम्मान– २०७३ बाट उत्तमकृष्ण मजगैयाँ र आमोइ पद्याख्यान पुरस्कार– २०७८ बाट होम सुवेदी सम्मानित हुनुभएको छ ।

त्यस्तै, १२/१२ हजार पुरस्कार राशिका क्रमशः गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मान– २०७३ बाट डिल्लीराज अर्याल र निर्मला–प्रेम बाल साहित्य सम्मान– २०७४ बाट रञ्जुश्री पराजुली सम्मानित हुनुभएको छ भने ११/११ हजार पुरस्कार राशिका दुई पुरस्कार पाउनु हुने व्यक्तित्वमा क्रमशः पुण्य–तिलस्मी–सरह दर्शन साहित्य सम्मान– २०७८बाट विद्यानाथउपाध्याय र नन्द–टुल्की–आनन्द साहित्य सम्मान– २०७८ बाट नारायण तिवारी सम्मानित हुनु भएको आयोजक संस्था नेपाल साहित्य समाज अध्यक्ष एवम् साहित्य संवद्र्धन केन्द्र नेपालका महासचिव विनयकुमार शर्मा नेपालले बताउनु भयो । उहाँका अनुसार उक्त कार्यक्रममा लक्ष्मी मास्केको मेरा श्रद्धेय पुर्खाहरू र देवघाट धामको महत्त्व, राजेशमान केसीको, उत्प्रेरणा रजिन्दगीको यात्रा, सरस्वती गिरीको आत्मकथन नामक पाँच कृतिहरू लोकार्पण गरिएको थियो ।

वरिष्ठ साहित्यकार प्रदीप नेपालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम गोल्डेन लाइट पार्टी प्यालेस चाबेल, काठमाडौँमा गरिएको हो । उक्त कार्यक्रममा पुरस्कारका बारेमा संस्थाका महासचिव विनयकुमार शर्मा नेपालले, सम्मानित स्रष्टाकाबारे रमेश सुभेच्छुले र लोकार्पित पुस्तकहरूबारे डा. लेखप्रसाद निरौलाले प्रकाश पार्नु भएको थियो ।  

प्राध्यापक राजेन्द्र सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन दुर्गाप्रसाद नेपालले गर्नु भएको थियो । 


No comments:

Post a Comment

Pages