राजनीतिमा सत्यको निर्मम खोजको आवश्यकता - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, April 14, 2021

राजनीतिमा सत्यको निर्मम खोजको आवश्यकता

– दामोदर पौडल

अन्तरङ्ग  वर्ष– २९, अंक– ३४,  बैशाख २ गते (०७८) प्रकाशित

अर्जुनले कृष्णलाई यो संसारमा निष्पक्ष को छ ? भनेर सोधेछन् । कृष्णले उत्तर दिएछन् कि सबै मानिसहरू आफ्नो बुद्धि र पायकको हिसावले सत्य र असत्यको परिभााषा वा मानसिकता बनाउंदछन् । त्यसैले दुनियाँमा कोही पनि निष्पक्ष छैनन् ।

भगवानले जे भने ठीक भने । तर उनले पनि मानिसहरू कमसेकम निष्पक्ष सोच्ने बनाई दिएको भए हुने थियो । उनको पनि कमजोरी नै हो । कृष्णले कमसेकम मैले मानिस नै यस्तो आफ्नो पक्षमा नै बढी सोच्ने बनाएको छु त्यसैले मेरै कारणले मानिस निष्पक्ष हुंदैनन् भनेको भए पनि हुन्थ्यो । हिन्दुहरूको मुख्य हिस्साले भगवान मुलभुत रुपमा निराकार छन् र आवश्यक पर्दा साकार रुपमा आउंछन् र एकै पटकमा साकार रुपमा धेरै पनि देखिन सक्दछन् भन्ने मान्यता राख्दछ । त्यसैले कृष्ण यहाँ थिए । उनी निराकार निरंजनको रुपमा त स्थायी रुपमा छन् नै । कृष्ण एकै पटकमा धेरै ठाउँंमा देखिन्थे । सायद राम आदि पनि देखिन्थे । उनी कहिले राम कहिले देवी कहिले शिव आदि भएर प्राणी हितमा आउंछन् । तर उनीहरू एउटै हुन् भन्ने हिन्दु धर्मको सामान्य मान्यता हो । 

अर्कोतर्फ ती भगवानले सवै आंफैले गरिदिने, दिमाग चलाउने कुरा पनि आंफैले गरिदिने हो भने मानवको अलग अलग स्वभाव पनि हुने थिएन । मानवले गर्न पर्ने काम पनि हुने थिएन । त्यसैले मानवलाई बुद्धि दिएर वा बुद्धिको प्रयोग गर्ने वतावरण दिएर छोड्नु राम्रो हो पनि भन्ने अर्थ लगाए हुन्छ । अर्थात डाक्टर, इन्जिनियर, वकिल, प्रशासक आदिको योग्यता दिने तर योग्यताको सदुपयोग र दुरुपयोगको आधारमा राज्यले वा जनताले मुल्यांकन गरे जस्तो भगवानले पनि मानिसको सकारात्मक सोच हुन सक्दछ कि सक्दैन र भएमा पुरस्कार दिने वा स्वर्ग दिने मुल्यांकन गर्ने होला सायद । त्यो नभए पनि धर्म मान्नेहरूको परिकल्पना त्यस्तो होला ।

एक जना माओवादीका ठूलै नेताले भनेकी निजी सपत्ति नै संपूर्ण विवाद झगडाको मुल कारण हो । त्यसैले त्यसको अन्त्य नै सबै समस्याको अन्त्य हो । उनको भनाई र सम्वन्ध विच्छेद विवाहको कारणले भएको हो भन्नु करिब उस्तै हो । निजी संपत्ति भए लोभी, वेइमान र अल्छी समाजमा राजाको काम कहिले जाला घाम हुन थाल्दछ । काम सबैले गरे जस्तो गर्ने तर उत्पादन घट्ने हुन्छ । चीनमा माओको समयमा निजी संपत्तिलाई मान्यता थिएन र विकास पनि थिएन । अहिले चीनमा निजी संपत्ति छ र विकास पनि छ । उत्तर कोरियामा निजी संपत्ति छैन विकास पनि छैन । कमसेकम निजी संपत्ति पनि एक जना विद्वानले राज्य आवश्यक खरावी हो भने जस्तो मानवको मुल स्वभावले गर्दा विसंगतीहरू भए पनि आवश्यक भयो र विसंगतिहरूलाई सके अन्त्य गर्नुे र नसके कम गर्ने आवश्यकता हो । कसैको हातले मानिसलाई पिटिरहन्छ भन्दैमा हातै खराब भनेर काटेर फालेदेखि मारपिट कम हुन्छ भन्नु भन्दा उसको मानसिकता बदल्नु महत्वपूर्ण हो । 

राजनीतिक गर्ने प्राणीहरू पनि भगवानले नै बनाएका प्राणीहरू हुन् भन्ने मान्नै पर्ने होला । तर त्यही लोकतन्त्र मानेर जापानमा किन खुसहाली आएको र अफगानिस्तानमा किन वत्तर अवस्था आएको होला । लोकतन्त्रको मर्म वा भाव पनि पानी जस्तै चेरापुंजीमा धेरै र मरु भुमीमा कम परेकोसंग तुलना गर्ने होला कि ? या यी नेताहरूले गल्ती गरेकोले माथि गए पछि सजाय पाउने हुन् कि ? जनताले त गल्ती गरेकालाई सजाय दिन सकेनन् नै । नत्र यहीं पनि हिसाव कितावको मिलान हुने थियो । सायद हामी जनताले पनि मरे गए पछि पृथ्वीमा असल नेताहरू र विचार नछानेकोले सन्तान दरसन्तानले दुःख पाउने हुंदा सत्यको सामना गर्न पर्ने होला ।

हामी साना साना कुरामा ठुला सोचहरूलाई बिर्सन्छौं । एक नेताले अन्तर्बातामा कांग्रेसका विश्वप्रकास शर्माले कांग्रेस परिमार्जन गर्ने कुरा गरेका थिए तर देउवाले प्रवक्ता दिए पछि त शान्त छन् त ? भनेर सवाल सोधेका थिए । उनले केही सोचेका होलान् तर सबैमा मुख बाहिर देश, जनता, सिद्धान्त आदिका कुरा आउंदा रहेछन् तर प्रधान लक्ष्य त आफ्नै हित रहेछ भन्ने बारम्पार देखिएको छ । अहिले संचारमा कतै आयो विश्वका धनी नेताहरूमा प्रचण्ड र देउवा पर्दछन् रे ? हुन त भन्नेले पनि जे पनि भन्दछन् । सत्य छुट्याउन पनि कठिन छ । कागले कान लग्यो भनेर कागको पछि लाग्दा कान पनि नछुने कस्तो रहेछ भन्दछन् । अर्कोतर्फ सधैं बाघ आयो भनेर झुक्याउने रामेले एक पटक सांच्चै बाध आउंदा पनि झुक्याएको होला भनेर नजांदा बाघले बाख्राहरू सखापै पारेका कथाहरू पनि हामीहरूकै लागि नीति शिक्षाहरू हुन् । 

लाग्दछ, अहिले एमाले र माओवादी मिलेर बनेको नयाँ दलमा पनि भाग वण्डा र अरु पदहरू नमिल्दा सिद्धान्त आदिका तर्क दिएर केही दलबाट बाहिरिने छन् । यो कटु सत्य हो । पद पाउंदा पनि सिद्धान्त कै लेप, नपाए पनि सिद्धान्तकै लेप र लक्ष्य भने आफ्नो स्वार्थको परिपुर्ति सबैभन्दा माथि नेपाली राजनीतिज्ञहरूको चरित्रको हालसम्मको मुख्य निस्कर्ष भन्दा हुन्छ ।

तर जे भए पनि हामीहरूले सबै तहमा आंफूलाई नै महत्व दिने हुंदा नियम, कानुन, वहुलवाद, वहुदल, स्वतन्त्र न्याय पालिका, स्वतन्त्र संचार चाहिएका हुन् । नत्र भने दल र नेताहरू तथा उनीहरूका नजिककाले सबै कुरा आंफै तिर तान्ने थिए । अहिले पनि कहां नतानेको हुन् र ? ती व्यवस्था नभएको भए उनीहरूले अझै तान्ने थिए र ताने पनि चुइक्क बोल्न पाइने थिएन र गल्ती गरे पनि समर्थन गर्न पर्ने थियो । त्यसैले त एक जना विद्धानले भनेका थिए कि मलाई ६० लाख सेना दिइयोस् । दुनियाँमा सबै मानिसहरूलाई माइनस् १०० डिग्रीमा पानी उम्लन्छ भन्ने बनाई दिन्छु तर मानिसहरू पानी तताउन परे भने चिसोमा हैन तातोमा नै तताउने नै छन् ।

सत्य असत्य जे भए पनि एउटा रोचक विषय छ । एउटा छात्रलाई जांचमा प्रश्नहरू सोधिएकोमा उसले सबै मिलेको भन्ने विश्वास गरेको रहेछ तर परिणाम त जिरो पो आए छ त । उसलाई सोधिएको एउटा प्रश्न रहेछ कि वलभद्र कुन युद्धमा मारिए ? उसले उत्तर दिएछ कि आफ्नो आखिरी लडाइमा । अर्को प्रश्न रहेछ कि भारतीय स्वतन्त्रताको घोषणापत्रमा कहांँ सही गरिएको थियो र उसले उत्तर दिएको रहेछ कि पन्नाको अन्तिम भागमा । अर्को पतिपत्नीको संवन्ध विच्छेदको कारण के हो ? भन्ने सवालमा उसले लेखेछ कि विवाह । यसरी नै सवाल र जवाफहरू राजनीतिमा आउने गरेको जस्तो पनि लाग्न थालेको छ । आंफू र आफ्नाले गरेको सबै ठीक हुन पर्ने भावना र त्यसमा पारख नहोस् भन्ने चाहना पनि समस्याको कारण बनेको छ । विवाहको कारणले नै संवन्ध विच्छेद हुने हो । तर संवन्ध विच्छेद विवाहकै कारणले भएको हो भने धेरै विवाहमा संवन्ध विच्छेद किन हुंदैनन् त ? त्यो सत्य हो भने पनि प्रश्नले सोधेको जवाफ त्यही हो त ? दिमागलाई अनावश्यक रुपमा तरंगित बनाएर पनि कुनै काम छैन । 

एक जना माओवादीका ठूलै नेताले भनेकी निजी सपत्ति नै संपूर्ण विवाद झगडाको मुल कारण हो । त्यसैले त्यसको अन्त्य नै सबै समस्याको अन्त्य हो । उनको भनाई र सम्वन्ध विच्छेद विवाहको कारणले भएको हो भन्नु करिब उस्तै हो । निजी संपत्ति भए लोभी, वेइमान र अल्छी समाजमा राजाको काम कहिले जाला घाम हुन थाल्दछ । काम सबैले गरे जस्तो गर्ने तर उत्पादन घट्ने हुन्छ । चीनमा माओको समयमा निजी संपत्तिलाई मान्यता थिएन र विकास पनि थिएन । अहिले चीनमा निजी संपत्ति छ र विकास पनि छ । उत्तर कोरियामा निजी संपत्ति छैन विकास पनि छैन । कमसेकम निजी संपत्ति पनि एक जना विद्वानले राज्य आवश्यक खरावी हो भने जस्तो मानवको मुल स्वभावले गर्दा विसंगतीहरू भए पनि आवश्यक भयो र विसंगतिहरूलाई सके अन्त्य गर्नुे र नसके कम गर्ने आवश्यकता हो । कसैको हातले मानिसलाई पिटिरहन्छ भन्दैमा हातै खराब भनेर काटेर फालेदेखि मारपिट कम हुन्छ भन्नु भन्दा उसको मानसिकता बदल्नु महत्वपूर्ण हो । 

मलाई पनि निजी संपत्तिको अन्त्यबाट धेरै विवादको अन्त्य हुन्छ जस्तो नै लाग्दछ । त्यसको संवन्धमा विकास, समानता, इमान्दार मानिसहरू, उनीहरूको लगनशीलता र व्यवस्थित संगठन आवश्यक पर्दछ । त्यसको संभावना टाढा टाढासम्म देखिंदैन । लोकतन्त्र र वहुलवादको माध्यमवाट जुन दिन मानिसमा त्यस्तो अवस्था आउंदछ र आउने वातावरण तयार हुन्छ त्यतिबेला कसैले निजी संपत्तिको उन्मुलन भनेर कराई राख्न पनि पर्ने छैन । स्वतः हुनेछ । विपीले साम्यवादमा लोकतन्त्र थपेमा समाजवाद हुन्छ भनेको पनि त्यो दुरदृष्टिको परिचय हो र एकदलीयताबाट वास्तविक साम्यवाद आउंदैन भन्ने सन्देश पनि हो । तर माटोको जोडाइले सय तले घर बनाउंछु भन्ने कुरा सिमेन्ट र रडको आविस्कार भन्दा पहिला मुर्खता वाहेक केही हुंदैनथ्यो । आज स्वभाविक भएको छ । अर्थात समयको वेगलाई व्यवस्थित र परिस्किृत गर्ने हो । समयभन्दा पहिला अनावश्यक रोमान्चक कुरा गरेर समाजलाई गलत दिशामा लग्न खोज्ने भने होइन ।

त्यसैले राजनीतिज्ञहरू मानिसको स्वभाव र विकासको अवस्थालाई समायोजन गरेर काम गरुन् । जनतालाई झुक्याउने र पुरा हुन नसक्ने वा अहिले पुरा हुन नसक्ने आस्वासन बांड्ने र पुरा नभए पछि अरुलाई दोष दिने नगरुन् । हुन सक्ने कुरालाई व्यवस्थित गरुन् त्यसै माध्यमबाट समान्य भन्दा समान्य जनताको पनि हित हुने स्थितिको सृजना गरुन् । 

(लेखक ः अधिवक्ता हुनुका साथै अन्तरङ्गका अतिथि सम्पादक हुनुहुन्छ । – सं.)


No comments:

Post a Comment